2026-10-03 02:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेमौसमी हिमपातले हिमालको सौन्दर्य बढाउँछ

काठमाडौँ | बेमौसमी वर्षापछि हिमाली क्षेत्रमा कात्तिक महिनामै अचानक हिमपात भएपछि सरोकारवालाले यसले हिमालको सौन्दर्य बढाउन सहयोग पुग्ने बताएका छन् ।

जलवायु परिवर्तनका कारण सेता हिमाल कालापत्थरमा परिणत हुँदै गर्दा चिन्ता र चासो व्यक्त गर्ने हिमालवासीहरु हिमपातपछि भने यसबाट हिमालमा सकारात्मक प्रभाव पर्ने प्रतिक्रिया दिए ।

मुख्य पर्यटकीय याममा परेको हिउँले तत्कालका लागि पर्यटक व्यवस्थापन तथा उद्धारमा समस्या भए पनि दीर्घकालीन रुपमा भने यो सकारात्मक भएको उनीहरुको भनाइ छ ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर गेल्जेन शेर्पाले हिउँ परेपछि अहिले हिमाल बल्ल हिमाल जस्तो देखिएको भन्दै खुसी व्यक्त गर्नुभयो । “गत वर्ष यो समयमा हिउँ नै परेन, यसपाली अक्टोबरमै हिउँ परेको छ, हिउँ परेपछि हिमाल हेर्न लायक भएका छन्, हिमालमा हिउँ देख्न पाउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लनेक्रम बढेको थियो, हिमपातले हिमाललाई राम्रो गरेको छ ।”

उहाँले आफूहरु सानो छँदा प्रशस्त हिउँ पर्ने गरेको भए पनि विगतका वर्षमा मङ्सिर, पुस र माघसम्म पनि हिउँ पर्न छाडेको उल्लेख गर्नुभयो । “हिमालमा हिउँ पर्न थालेपछि नदीमा पानीको बहाव बढ्छ, यसले जलविद्युत् आयोजनलाई पनि सहज हुन्छ, हिउँ नपर्दा हिमनदीमा पानीको सतह कम थियो”, उहाँले भन्नुभयो ।

अध्यक्ष शेर्पाले हिमपातले हिमाली क्षेत्रमा रहेका टे«किङ गाइड र आरोही, पदयात्री केही असहज भएको उल्लेख गर्नुभयो । “अहिले हिमाली क्षेत्रमा हवाई उडान ठप्प भएको छ, पर्यटकहरु रोकिएको अवस्था छ, पर्यटनका दृष्टिले तत्कालका लागि असहज भए पनि दीर्घकालका लागि भने यसको सकारात्मक प्रभाव पर्नेछ”, उहाँले भन्नुभयो ।

उहाँले यो हिमपातले कृषि क्षेत्र, चाँैरी र भेडापालनमा खासै असर नगर्ने बताउनुभयो । हिउँ पर्न सुरु भएसँगै चौँरी र भेडालाई सुरक्षित स्थानमा राखिएकाले समस्या नहुने उहाँको भनाइ छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित खुम्जुङ खुन्दे खानेपानी उपभोक्ता समितिका अध्यक्ष पेम्बा छिरिङ शेर्पाले अहिले तेङबुचेभन्दा माथि हिउँ परेको बताउनुभयो ।

“हामी सानो छँदा दसैँपछि पानी पर्दथ्यो, दसैँमा भएको काटमार त्यसपछि परेको पानीले पखाल्छ भन्ने मान्यता थियो, यो समयमा परेको हिउँले गाईबस्तुमा खासै असर गर्दैन, हिमाललाई राम्रो भएको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार यो याम पर्यटक आउने समय हो । अधिकांश पर्यटकहरु पदयात्राका लागि उक्त क्षेत्रमा आउँछन् । “यहाँ ९५ प्रतिशत बासिन्दा पर्यटन व्यवसायमा आश्रित छन्, अहिलेको हिमपात यहाँको पर्यटन क्षेत्रको विकासका लागि राम्रो भएको छ”, उहाँले भन्नुभयो, “नाम्चेमा दैनिक औसतमा ५०० पर्यटक आउने समय हो, तत्काल व्यवसायमा असर परेपनि हिमाल सेताम्मे देख्दा खुसी लागेको छ ।” उहाँका अनुसार अहिले सुरु भएको हिमपात नोभेम्बर १५ सम्म चल्छ ।

नाम्चे बजारका होटल व्यवसायी पेम्बा ग्याल्जेन शेर्पाले पनि हिमपातपछि हवाई उडान प्रभावित भएको बताउनुभयो । “यहाँ आउने पर्यटक प्रभावित भएका छन्, यद्यपि नाम्चे बजारमा भने समस्या छैन, बेमौसमी हिउँ पर्दा पर्यटनका लागि राम्रो भएका छ”, उहाँले भन्नुभयो ।

विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असरको विषय उठान भइरहेका बेलामा हिमाल हिउँले ढकमक्क हुँदा सौन्दर्य बढेको उहाँको भनाइ छ । “यो हिमपातले कृषि र पशुपालनमा पनि राम्रो गर्छ, पर्यटन क्षेत्रका लागि पनि राम्रो छ, समयमै सतर्कता अपनाइएकाले सबैजना सुरक्षित हुनुहुन्छ, होटल भरिभराउ छन्”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग