2026-09-13 02:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाग्मती सफाइ महाअभियान ६५१औँ हप्तामा

काठमाडौँ | ‘राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ६५१ हप्तामा प्रवेश गरेको छ ।

वाग्मती सफाइ महाअभियानले ६५० हप्ता पूरागरी ६५१ हप्ता प्रवेश गरेको अवसरमा आज अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालय परिसर गुह्येश्वरीमा प्रतिबद्धता कार्यक्रम गरियो । कार्यक्रममा सहरी विकासमन्त्री कुलमान घिसिङले नदीनालामा फोहर आउन रोक्न जागरण फैल्याउनुपर्ने बताउनुभयो ।

उहाँले राजधानीका सबै नदीलाई सफा गरिनुपर्नेमा जोड दिँदै जागरणले सबैलाई झक्झक्याउने बताउनुभयो । काठमाडौँलाई सुन्दर बनाउन आवश्यक काम गर्न गुरुयोजना निर्माण गर्न लागिएको मन्त्री घिसिङले जानकारी दिनुभयो । “राजधानीमा ढल व्यवस्थापन, पानी प्रशोधन केन्द्र आवश्यक जति सबै स्थानमा निर्माण गरिनेछ । नदी करिडोरमा के के गर्न सकिन्छ, यसलाई पनि योजना बनाएर काम गर्नेछौँ । यसैगरी काठमाडौँका सबै खोलालाई स्नान योग्य पानी बग्नेगरी व्यवस्थापन गरिनुपर्छ । बगैँचा निर्माणलगायत सहरी विकास मन्त्रालयबाट गर्नुपर्ने सबै काम हुन्छ, यो मेरो प्रतिबद्धता हो”, उहाँले भन्नुभयो ।

मन्त्री घिसिङले वाग्मती सभ्यताको महत्त्वपूर्ण नदी भएकाले यसको सफाइमा सरकारले ध्यान दिने र काठमाडौँ उपत्यकाका रुद्रमती, विष्णुमती, मनमतीलगायत सबैलाई स्नान योग्य बनाइने सुनाउनुभयो ।

सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले १३ वर्षदेखि स्वयंसेवी रूपमा वाग्मतीलगायत नदी सफाइ हुनु गौरवको विषय भएको बताउनुभयो । पशुपति क्षेत्रसम्मको वाग्मती नदीलाई यसैवर्ष ढल मुक्त गरिसक्ने उहाँको प्रतिबद्धता थियो ।

कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले वाग्मती नदीमा ढल व्यवस्थापन गर्ने कार्यालयको नाम अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति राखिए पनि अधिकार कटौती गर्दा काम हुन नसकेको बताउनुभयो । मन्त्री र सचिवमा अधिकार निहित गरेर कार्यालयको नाम अधिकार सम्पन्न राखे पनि काम हुन नसकेको भन्दै उहाँले समितिको पुनसंरचना गर्नुपर्नेमा जोड सदनुभयो ।

गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसालले नगर क्षेत्रको वाग्मती सफाइका लागि विभिन्न टोलसुधार समितिलाई जिम्मा दिइएको बताउनुभयो । कर्मचारी राखेर नै नदी क्षेत्रलाई व्यवस्थित गर्न लागिएको उहाँले सुनाउनुभयो ।

वाग्मती सफाइ महाअभियानका मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेलले राष्ट्रिय जागरणका लागि सफाइ अभियान सुरु गरिएको बताउनुभयो । उहाँले देशभर जागरण ल्याउन महाअभियान सफल भए पनि तीनै तहका सरकारले आवश्यकताअनुसार ध्यान नदिँदा नदी सफा हुन नसकेको धारणा राख्नुभयो । देशभरका नदीनाला सफा हुने वातावरण बनाएर अभियानकर्मीलाई अन्य काममा लगाउनुपर्ने पूर्वमुख्यसचिव पौडेलको भनाइ थियो ।

अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख प्रकाश अर्यालले वैशाखअगावै गोकर्णेश्वरबाट गौरीघाटसम्मको वाग्मतीलाई ढलमुक्त गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका नदी किनारका २८ वटा सम्पदा पुनःनिर्माण सम्पन्न गरिएको पनि उहाँले दिनुभयो । आयोजना स्थापना भएदेखि हालसम्म रु २३ अर्ब बजेट खर्च भइसकेको अर्यालले जानकारी दिनुभयो ।

वाग्मती सफाइ महाअभियान ६५१औँ हप्तामा प्रवेश गरेको अवसरमा आज गुह्येश्वरीबाट गौरीघाटसम्मको नदी किनारमा सफाइ गरिएको थियो । छठ पर्वमा यस क्षेत्रमा जम्मा भएका बाँकी फोहर आजको सफाइ कार्यक्रमबाट उठाइएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन