२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’

२६ कार्तिक २०८२, मंगलवार १६:५३

काठमाडौँ | मसुरीको दाल, रायोको साग, र टमाटरको चटनीसहित अम्बिका विश्वकर्माले श्रीमान् सन्तोषका लागि खाना पस्किनुभयो । सन्तोष गहना पसलमा काम गर्नुहुन्थ्यो । बिहानको खाना खाएपछि गहना बनाउने कामका लागि जानुपर्ने सन्तोषको दैनिकी थियो ।

गत भदौ २३ गते भने सन्तोष सधैँ भन्दा अलि हतारमा देखिनुहुन्थ्यो । अम्बिकाले त्यो दिन सम्झिँदै भन्नुभयो, “खै किन हतार थियो ? फोन आइरहेको थियो साथीहरुको । खाएर निस्किहाल्नुभयो ।” कामका लागि होला भन्दै अम्बिकाले छिटो खाना खुवाएर सन्तोषलाई बिदा गर्नुभयो । “छोराछोरीले बाउ खोज्छन्, साँझ बेलैमा आउनु है,” सन्तोषले अम्बिकातिर हेर्दै जवाफमा “ल ! ल ।” दुई शब्द मात्रै पर्काउनुभयो । भदौ २३ गते बिहान १०ः०० बजे बिदा हुनुभएका सन्तोष रात बित्यो, फर्किनुभएन ।

दिनभर बानेश्वर संसद्भवनअगाडि आगजनी र गोली चल्यो भन्ने समाचार, भिडियोहरु अम्बिकाले सामाजिक सञ्जालमा हेरिरहनुभयो । त्यही संसद्भवन नजिकै आन्दोलनमा सहभागी हुनुभएका सन्तोषलाई अम्बिकाले गोली लागेको खबर राति १२ः०० बजे मात्रै थाहा पाउनुभयो ।

काम गर्न भनेर निस्किनु भएका श्रीमान् बेलुका आएरसँगै खाना खाउँला भन्ने प्रतीक्षामा रहनुभएकी अम्बिकालाई श्रीमानलाई गोली लागेर अस्पताल भर्ना भएको खबर मध्यरातमा पाउँदा पृथ्वी भासिएझैँ भयो । खुट्टाहरु काँपिरहे । मुटु चिसो भयो । उदयपुरको बेलका नगरपालिका–४ देखि काठमाडौँ आएर सपरिवार बस्न थालेको एक वर्षमात्रै भएको थियो । काठमाडौँको रहनसहनमा त्यति अभ्यस्त हुन बाँकी अम्बिका विचल्लीमा पर्नुभयो । राति हिँड्ने स्थिति थिएन । भोलिपल्ट उहाँ सन्तोषका साथीहरुको सहयोगमा काठमाडाँैमा भए जतिका अस्पतालमा घाइते श्रीमान् खोज्न हिँड्नुभयो । अन्तिममा वीर अस्पतालमा मृत शरीर रहेको थाहा भयो । गेटबाट भित्र प्रवेश गर्ने अवस्था थिएन । प्रहरीको कडा सुरक्षाले गर्दा आफ्नो मान्छेसमेत हेर्न जान पाउनुभएन । अम्बिकालाई त्यो दिन सम्झँदा अहिले पनि रिङ्गटा लाग्छ ।

बोल्दाबोल्दै वाक्य बन्द हुन्छ । आँखाबाट आँशु टिल्पिलाउन थालिहाल्छ । अनि मन पोल्छ । अँध्यारो कोठामा चिच्याउँदै रुन मन लाग्छ । “कति रुनुँ ? मैँ रोए छोराछोरीको मुहारमा हाँसो कसरी आउला ?” अम्बिका यसैगरी फेरि कमजोर भएको मनलाई बलियो बनाएर छोराछोरीका लागि सङ्घर्ष गर्दै हुनुहुन्छ । उहाँको सङ्घर्ष अब राज्यसँग छ । आन्दोलनमा ज्यान गुमाएर सहिद भएका श्रीमान्को सपना पूरा गर्ने जिम्मेवारी अम्बिकाको काँधमा छ । दुई छोराछोरीको शिक्षादीक्षासँगै उदयपुर, बेलका–४ मा रहेका बुबाआमाको हेरचारसमेत गर्नुछ ।

सन्तोष कान्छा छोरा हुनुहुन्थ्यो । उमेरले ७० कटेका बृद्ध बुबाआमाको हेरचाह उहाँले नै गर्नुहुन्थ्यो । मजदुरी गरेरै जीवन चलाउनु भएका सन्तोषको परिवारको अहिलेसम्म सरकारी भूमिमा स्वामित्व छैन । “ऐलानी जग्गामा घर छ, कमाउने मान्छे ढल्यो । सधैँ सुकुम्वासी बन्ने भइयो”, अम्बिका वेदना पोख्दै भन्नुहुन्छ, “केही काम पाए, गर्थें । केटाकेटीको पेट पाल्न त सक्थेँ ।”

अम्बिकाका अनुसार सरकारले सहिदका नाममा रु १५ लाख राहत रकम दिएको छ । यीबाहेक जेनजी आन्दोलनमा सहिद भएका परिवारका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने, श्रीमान् वा श्रीमतीलाई रोजगार दिने आमा वा बुबामध्ये एक जनालाई पेन्सन दिनुपर्ने माग थियो । अहिले अम्बिका राज्यसँग पूरा हुन नसकेका माग प्राप्तिका लागि सङ्घर्षरत हुनुहन्छ । श्रीमान बितेको दिन महिनादेखि अम्बिकाको आम्दानीको स्रोत बन्द भएको छ । सरकारी विद्यालयमा दुई छोराछोरी पढ्छन् । उनीहरुको भविष्यका लागि पनि अम्बिकालाई रोजगारी आवश्यक छ । उहाँ भन्नुहुन्छ, “मैले जीवन साथी गुमाएँ, छोराछोरीले बाउको सहारा गुमाए । बाँच्ने आधार के हो ? राज्यले निकास दिनुपर्छ ।”

जेनजी सहिदहरुको समूहमा उहाँले यिनै कुरा उठान गर्दै आउनुभएको छ । कलाकारितामा रुचि भएकी छोरीलाई कलाकार बनाउने सन्तोषको सपना अधुरै रहेको अम्बिकाले बताउनुभयो । जेनजी आन्दोलमा बुबा गुमाएको कुरा गरिरहँदा छोराछोरीको मनोविज्ञानमा असर परेको पनि उहाँको भनाइ छ । “छोरीले बाबा सम्झिन्छिन्, छोरो टोलाइरहन्छ”, अम्बिका भन्नुहुन्छ, “के काम गरेर पेट पाल्ने ? रोजगार छैन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस