2026-10-03 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपतिमा सर्वसाधारणलाई प्राचीन सामग्रीको दर्शन गराइयो

काठमाडौँ | पशुपति क्षेत्र विकास कोषले आज सर्वसाधारणलाई भगवान् पशुपतिनाथको नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको दर्शन गराएको छ ।

कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्यका दिन नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षसहित प्राचीन महत्त्वका गरगहनालगायत सामग्री सर्वसाधारणलाई देखाउने परम्परा छ । सोही परम्परा अनुसार आज बिहान ९ः०० बजेदेखि ११ः१५ बजेसम्म सुरक्षा निकायको सहयोगमा ती सामाग्री प्रदर्शन गरिएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिनुभयो ।

यसअघि मार्गशीर्ष कृष्ण आमावास्याका दिन (मङ्सिर २ गते) मङ्गलबार बिहान १०ः०० बजेदेखि ११ः३० बजेसम्म पनि सुरक्षा निकायको सहयोगमा नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्त्वका गरगहना सर्वसाधारणलाई देखाइएको थियो ।

मार्गशीर्ष कृष्ण त्रयोदशीका दिनदेखि एक वर्ष सुरक्षित रूपमा ती सामग्री राखिएको छ । मार्गशीर्ष कृष्ण आमावास्यका दिनदेखि आगामी एक वर्षसम्म सुरक्षित रूपमा राखिन्छ भनी यी सामग्री देखाउने परम्परा रहिआएको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने