2026-09-18 05:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिनीट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौँ | काठमाडौँको गोदावरी नगरपालिका–६ शङ्खरापुर अस्पताल अगाडि मिनीट्रकको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

डोल्पा जिल्ला काईके गाउँपालिका–५ घर भई हाल काठमाडौँ नारायणटार बस्ने ७३ वर्षीया अमन्नी थापाको उपचारका क्रममा आज मृत्यु भएको उपत्यका टाफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “शङ्खरापुर अस्पताल अगाडि बा १ क २४४६ नम्बरको निजी मिनीट्रकले बाटो काटिरहेको अवस्थामा निज पैदलयात्री थापालाई ठक्कर दिँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । उहाँको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।”

ठक्कर दिने मिनीट्रक चालक भक्तपुर मध्यपुर नगरपालिका–८ बस्ने ५५ वर्षीय सुरामान शाहुलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही सुरु गरेको प्रवक्ता सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया