२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन

२०८२, २९ फाल्गुन शुक्रबार १३:३४

काठमाडौँ | सुर्खेतकी इनिशा विकको हत्या प्रकरणको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारवाहीको माग गर्दै शुक्रबार काठमाडौँमा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्। पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा बागबजारबाट सुरु भएको प्रदर्शन माइतीघर मण्डलासम्म पुगेको थियो। सहभागी विद्यार्थीहरूले घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै विभिन्न नाराबाजी गरेका थिए।

प्रदर्शनका क्रममा ‘नारी सुरक्षा सुनिश्चित गर’, ‘घटनाको निष्पक्ष अनुसन्धान गर’ जस्ता नाराहरू लगाइएका थिए। कालो पट्टी बाँधेर सडकमा उत्रिएका विद्यार्थीहरूले पीडित परिवारले न्याय प्राप्त नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

इनिशा सुर्खेतको वीरेन्द्रनगरस्थित एक सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन्। पोष्टमार्टम प्रतिवेदनमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको उल्लेख गरिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी