२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटे महिलाहरुको माझ प्रमुख जिल्ला अधिकारीले के भने ?

२४ मंसिर २०७२, बिहीबार १३:२२

kalikot newsदलसिंह गिरी/मङ्सिर २४, कालिकोट । महिला माथि हुने हिंसा विरुद्धको १६ दिने अभियान आज विश्वभर विभिन्न कार्यक्रम गरी समापन भएको छ ।

हरेक बर्ष नोभेम्बर २५ मा सुरु भई डिसेम्बर १० सम्म विश्वभर मनाईने महिला हिंसा विरुद्धको अभियान, अभियान अवधिभर विभिन्न जनचेतनात्मक कार्यक्रम गरी आज समापन भएको हो ।

यो अभियान कालिकोटमा पनि अभियान्ताहरुले अभियान अवधिभर विभिन्न कार्यक्रम गरी आज जिल्ला सदरमुकाम मान्ममा एक समापन कार्यक्रमको आयोजना गरी समापन गरेका छन् ।

“घरशान्ति नै विश्व शान्तिको आधार, महिला हिंसा बिरुद्ध शुन्य सहिष्णुता कायम गरौं” भन्ने मूल नाराका साथ १६ दिन सम्म संचालित अभियानको समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठले महिला हिंसा बिरुद्ध सरकारद्वारा बिभिन्न समयमा गरिएका प्रतिबद्धताका बाबजुद पनि देशमा महिला हिंसा बढ्नु र पीडितले न्याय नपाउनु गम्भीर बिषय भएको बताउनु भएको छ ।

पितृसतात्मक सोच, महिला र पुरुषको बिच असमान शक्ति सम्वन्ध, महिला अधिकारका बारेमा न्यून चेतना, हिंसामा परेका महिलाहरुले प्राप्त गर्ने सिमित न्याय लगाएतका कारण महिला हिंसा न्युनीकरण हुन नसकेको श्रेष्ठले बताउनु भयो ।

जिल्ला न्यायाधिस कमल प्रसाद पोखरेल ले अशिक्षा, अचेतना लगाएतका कारण महिला माथि हिंसा पुरुषबाट भन्दा महिलाबाट बढी हुने बताउनु भएको छ । विभिन्न जातजाती समुदायहरुमा घरेलु हिंसा ब्यापक भएपनि कानुनी निकाय सम्म छिटफुट रुपमा मात्र आउने गरेकाले पनि महिला हिंसा नियन्त्रण हुन नसकेको वहाले बताउनु भयो ।

सो समापन कार्यक्रममा नागरिक अगुवा तुलाराम पाण्डे, मानव अधिकारवादी दमनराज बम, पत्रकार महासंघका जिल्ला अध्यक्ष कालि बहादुर मल्ल लगायत बिभिन्न अधिकार कर्र्मीहरुले समेत आफनो धारणा राख्नु भएको छ ।

महिला माथि हुने हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारी बदालकोट गाविस वडा नं. ३ लाई छाउपडी गोठ मुक्त वडा घोषणाको लागि पूर्ब अनुगमन, दाहाँ गाविसलाई बालविवाह मुक्त गाविस घोषणा, जिल्ला सदरमुकाममा भिडियो डकुमेन्टी पर्दशन, सडक नाटक जस्ता विभिन्न कार्यक्रमहरु गरिएको बताउदै महिला तथा बालबालिका कार्यालय कालिकोटका कार्यालय प्रमुख सिता थापाले एक कार्यपत्र समेत प्रस्तुत गर्नु भएको छ ।

सन् २००१ मा महिला तथा बालबालिका सम्बन्धी राष्ट्रसंघीय संस्था युनिसेफले गरेको अध्ययन अनुसार नेपालका करीब ६६ प्रतिसत महिला गालीगलौजको शिकार भइरहेका छन् ।

३३ प्रतिसत महिला भावानात्मक रुपमा हुने यातनाको शिकार भएको । महिलालाई मौखिक वा भावनात्मक यातना दिनेमा करीब ७७ प्रतिसत परिवारका सदस्य नै रहेको अध्ययनमा देखाइएको छ ।

महिला हिंसाविरुद्धको कानुन भएपनि फितलो कार्यान्वयनका कारण पीडितले उजुरी गरेर न्याय पाएका छैनन् जति नै दिवसको नाममा अभियान चलाए पनि महिलाका समस्या ज्युकातिउँ रहेको जानकारहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित