२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटे महिलाहरुको माझ प्रमुख जिल्ला अधिकारीले के भने ?

२०७२, २४ मंसिर बिहीबार १३:२२

kalikot newsदलसिंह गिरी/मङ्सिर २४, कालिकोट । महिला माथि हुने हिंसा विरुद्धको १६ दिने अभियान आज विश्वभर विभिन्न कार्यक्रम गरी समापन भएको छ ।

हरेक बर्ष नोभेम्बर २५ मा सुरु भई डिसेम्बर १० सम्म विश्वभर मनाईने महिला हिंसा विरुद्धको अभियान, अभियान अवधिभर विभिन्न जनचेतनात्मक कार्यक्रम गरी आज समापन भएको हो ।

यो अभियान कालिकोटमा पनि अभियान्ताहरुले अभियान अवधिभर विभिन्न कार्यक्रम गरी आज जिल्ला सदरमुकाम मान्ममा एक समापन कार्यक्रमको आयोजना गरी समापन गरेका छन् ।

“घरशान्ति नै विश्व शान्तिको आधार, महिला हिंसा बिरुद्ध शुन्य सहिष्णुता कायम गरौं” भन्ने मूल नाराका साथ १६ दिन सम्म संचालित अभियानको समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठले महिला हिंसा बिरुद्ध सरकारद्वारा बिभिन्न समयमा गरिएका प्रतिबद्धताका बाबजुद पनि देशमा महिला हिंसा बढ्नु र पीडितले न्याय नपाउनु गम्भीर बिषय भएको बताउनु भएको छ ।

पितृसतात्मक सोच, महिला र पुरुषको बिच असमान शक्ति सम्वन्ध, महिला अधिकारका बारेमा न्यून चेतना, हिंसामा परेका महिलाहरुले प्राप्त गर्ने सिमित न्याय लगाएतका कारण महिला हिंसा न्युनीकरण हुन नसकेको श्रेष्ठले बताउनु भयो ।

जिल्ला न्यायाधिस कमल प्रसाद पोखरेल ले अशिक्षा, अचेतना लगाएतका कारण महिला माथि हिंसा पुरुषबाट भन्दा महिलाबाट बढी हुने बताउनु भएको छ । विभिन्न जातजाती समुदायहरुमा घरेलु हिंसा ब्यापक भएपनि कानुनी निकाय सम्म छिटफुट रुपमा मात्र आउने गरेकाले पनि महिला हिंसा नियन्त्रण हुन नसकेको वहाले बताउनु भयो ।

सो समापन कार्यक्रममा नागरिक अगुवा तुलाराम पाण्डे, मानव अधिकारवादी दमनराज बम, पत्रकार महासंघका जिल्ला अध्यक्ष कालि बहादुर मल्ल लगायत बिभिन्न अधिकार कर्र्मीहरुले समेत आफनो धारणा राख्नु भएको छ ।

महिला माथि हुने हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारी बदालकोट गाविस वडा नं. ३ लाई छाउपडी गोठ मुक्त वडा घोषणाको लागि पूर्ब अनुगमन, दाहाँ गाविसलाई बालविवाह मुक्त गाविस घोषणा, जिल्ला सदरमुकाममा भिडियो डकुमेन्टी पर्दशन, सडक नाटक जस्ता विभिन्न कार्यक्रमहरु गरिएको बताउदै महिला तथा बालबालिका कार्यालय कालिकोटका कार्यालय प्रमुख सिता थापाले एक कार्यपत्र समेत प्रस्तुत गर्नु भएको छ ।

सन् २००१ मा महिला तथा बालबालिका सम्बन्धी राष्ट्रसंघीय संस्था युनिसेफले गरेको अध्ययन अनुसार नेपालका करीब ६६ प्रतिसत महिला गालीगलौजको शिकार भइरहेका छन् ।

३३ प्रतिसत महिला भावानात्मक रुपमा हुने यातनाको शिकार भएको । महिलालाई मौखिक वा भावनात्मक यातना दिनेमा करीब ७७ प्रतिसत परिवारका सदस्य नै रहेको अध्ययनमा देखाइएको छ ।

महिला हिंसाविरुद्धको कानुन भएपनि फितलो कार्यान्वयनका कारण पीडितले उजुरी गरेर न्याय पाएका छैनन् जति नै दिवसको नाममा अभियान चलाए पनि महिलाका समस्या ज्युकातिउँ रहेको जानकारहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते