2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा सुमो दुर्घटना: ८ को मृत्यु, ३ जना घाइते (अपडेट)

कात्तिक १३, उदयपुर । उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । 

सोमवार कटारीबाट ओखलढुगाको लागि छुटेको ना १ ज ३४०४ नम्बरको टाटासुमो उदयपुरको कटारी नगरपालिकाको वडा नं. ८ ठाँटीमा दुर्घटना भएको हो । 

दुर्घटनामा ८ जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् । घाइते ३ जनालाई कटारी अस्पतालमा उपचारका लागि पठाइसकेको छ । घाइते मध्ये २ को अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । 

टाटासुमो कटारीबाट ९ जनाको चलान लिएर ओखलढुगाका छुटेको र अन्य यात्रु बाटोमा चढाएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनामा ज्यान जानेको सनाखत हुन सकेको छैन । 

प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई