2026-10-06 02:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सगरमाथाको उचाइ नाप्ने काम शुरु

कात्तिक १६, सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने काम शुरु भएको छ । नेपालले पहिलोपटक सगरमाथाको उचाइ नाप्न लागेको हो । 

सगरमाथाको उचाइ नाप्नका लागि नापी विभागले स्थलगतरुपमा प्रारम्भिक चरणको काम शुरु गरेको छ । विभागका अधिकृतसहित तीन जनाको टोली खटाएर गत बुधबारदेखि काम थालनी गरिएको हो । 

यही कात्तिक ७ गते सोलुखुम्बु आएको टोलीले भारतीय सर्वेक्षकले करिब ६० वर्ष अघि सगरमाथाको उचाइ नाप्न प्रयोग गरेको नियन्त्रण बिन्दु खोज्ने काम गरेको छ । सोलुखुम्बुको आठ, खोटाङ र दोलखामा दुई÷दुई स्थानमा उक्त बिन्दु राखिएको बताइएको छ । 

टोलीले सोलुखुम्बुको चार स्थानमा राखिएको बिन्दु भेट्टाएको छ भने बाँकी खोज्नेक्रम जारी रहेको जनाएको छ । तत्काल जाडो बढेकाले अन्य थप काम गर्न नसक्ने भएपछि आजै उक्त टोली काठमाडौँ फर्किएको छ । 

दुई वर्षसम्म काम पूरा गर्ने लक्ष्यसहित विभागले प्रारम्भिक चरणको काम शुरु गरेको विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले जानकारी दिनुभयो । करिब ६० वर्षअघि भारतीय सर्वेक्षण टोलीले सगरमाथाको उचाइ नापेपछि पुनः उचाइ नाप्ने काम भएको थिएन । २०७२ को भूकम्पपश्चात सगरमाथाको अवस्था पत्ता लगाउनका लागि पनि उचाइ मापन गर्न लागिएको अधिकृत डंगोलले बताउनुभयो । 

बाह्र वटा बिन्दुमा लेभलिङ राखिने र सगरमाथाको चुचुरोमा जिपिएस सर्वेक्षण राखेर उचाइ मापन गरिने छ । उचाइ मापनका लागि विभागले सम्पूर्ण खाका तयार पारिसकेको बताइएको छ । प्रारम्भिक चरणको प्रतिवेदन तयार भएपछि सर्वेक्षक, विज्ञसहित अन्तर्राष्ट्रियस्तरको गोष्ठीमा थप छलफल हुने र गोष्ठीबाट स्वीकृत भएपछि मात्र उचाइ मापनले मान्यता पाउने छ । 

भारतीय सर्वेक्षक समूहले सगरमाथाको उचाइ आठ हजार ८४८ मिटर भएको पुष्टि गरेको थियो । तर भूकम्पलगायतको कारण सगरमाथाको उचाइ घट्बढ भएको हुनसक्ने अनुमान गरिएको छ । नेपालले गर्न लागेको यो सर्वेक्षणबाट उत्पन्न शंकाउपशंका हट्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का