2026-08-29 10:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

विवाहको सात दिन नपुग्दै बेपत्ता वेहुला झुण्डीएको अवस्थामा फेला

प्रेम सुनार/कात्तिक २०, गुल्मी । अर्घाखाँचीमा शिक्षक वेपत्ता भएको एक महिना हुँदै गर्दा त्यहाँका् प्रहरीले एक जना ब्यक्ती झुण्डिएको अवस्थामा फेला परेको छ भनेर सुचना प्रवाह गरेपछि घटना थप रहस्यमय बनेको छ । 

प्रहरीले दिएको सुचनाको आधारमा शव चिन्नै नसक्ने अवस्थामा रहेको छ । असो्ज १६ गते मागी विवाह गरी असोज २२ गते आइतबार दिउसो १२:३० बजे देखि सन्धिखर्कबाट बेपत्ता भएका पाणिनी गाउँ पालिका वार्ड नं  ५ साविक मैदान ५ धारापानीका हरिप्रसाद भट्टराईको शव हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

साथमा एक मोबाईल फेला परेको छ । मोबाईलको नम्बर ९८४७३०६९४५ रहेको छ । झुन्डिएको ठाउँमा राष्ट्रिय बाणिज्य बैकमा जम्मा गरेका स्लिप र जुत्ता( कपडा समेत फेला परेका छन् । घटनाको अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको थियो ।  

मृतकका आफन्त अझै आईपुगेका छैनन् । आफन्त आएपछि मात्र मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिने प्रहरीले बताएको छ । आफन्त नआएसम्म प्रहरीले जंगलमा नै शव कुरेर बस्ने छ ।  

जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रदिपकुमार बिसीका अनुसार उक्त शव परिवारले दिएका हुलियाका आधारमा उनैक हुन सक्छ । उनले भने त्यस आधारमा परिवारका सदस्यलाई वोलाईएको छ भोली सम्म थाह हुन्छ । हामी संग  परिवारका सवै सदस्यको मोवाईल नम्वर रहेको छ । सवै संग सम्पर्क राख्दा सवैको फोन सम्पर्क विहिन छ । 

स्थानियबासीले दाउरा-घास काट्न जंगलमा गएको बेला झुन्डिएको अबस्थामा शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि प्रहरी सेनाले उक्त जंगल क्षेत्रमा खोज तलास गरेपनि फेला परेका थिएनन् । 

३० बर्षीय हरि भट्टराई निमाबि स्थायी शिक्षकको रुपमा नवलपरासी जिल्लामा कार्यरत रहेका थिए । उनी पुर्ब धातिबाङ माबिका शिक्षक पनि थिए । साथै हरिले केही समय अगाडि पाणिनी गाउँपालिका वार्ड नम्बर ४ का नारायण घिमिरेकी छोरी बिष्णु घिमिरेसंग बिबाह गरेका थिए ।

बेपत्ता भएको दिन बिबाहको व्यवहार मिलाउन राष्ट्रिय बाणिज्य बैक सन्धिखर्कमा आई एटिएमबाट ५० हजार निकाली उनले आफुसंगै आएका साथी लक्ष्मण सुनारलाई उक्त रकम हस्तान्तरण गरि एशियन लाइफ इन्स्योरेन्समा गएर किस्ता भुक्तानी समेत गरेका थिए । नव दुलही दुलहा वेपत्ता भए देखि नै वेला वेलामा अचेत हुँदै आएकी छन् । 

यस घटनालाई रहस्यमय रुपमा लिईएको छ । नव दुलही गत स्थानिय तहको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएर पणेनी गाउँपालिकामा त्यस टिमको कमाण्डर तोकेर प्रहरीले पठाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो