2026-09-19 02:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘डीआईजी, एआईजीको डर देखाउंदै म्यादी प्रहरीको जागिर खाइदिने असईको धम्की

चिसाङ शेर्पा/मंसिर १३, खोटाङ । खोटाङको लामिडाँडा गाउँपालिका–४ डुम्रेधारापानी प्रहरी चौकीका असई हेमबहादुर अधिकारीले म्यादी प्रहरीलाई जागिरबाट निकाल्ने धम्की दिएका छन् । 

असई अधिकारीले म्यादी प्रहरीलाई गरेको भेदभाव सञ्चारकर्मीले थाहा पाएपछि उनीहरुलाई जागिरबाट निकाल्ने धम्की दिएका हुन् । म्यादी प्रहरीमाथि भेदभाव गरेको समाचार पुष्टि गर्न सञ्चारकर्मीले टेलिफोन गरेपछि असई अधिकारीले सबै म्यादी प्रहरीलाई ‘सेटअप पोजिसन’ मा राखेर कसले पत्रकारलाई जानकारी गराएको हो भन्दै निकैबेर केरकार गरेका थिए ।

सोही प्रहरी चौकीमा रहेका ४८ वर्षीया म्यादी प्रहरी देवीमाया आचार्यलाई असई अधिकारीले बिदा दिएर घर पठाइसकेका छन् । सो विषयमा प्रश्न गर्दा उनले प्रश्नकर्ता म्यादी प्रहरीलाई समेत धम्क्याएका थिए ।   

असई अधिकारीले डुम्रेधारापानी प्रहरी चौकीमा रहेका म्यादी प्रहरीमाथि भेदभाव गर्दै आएका छन् । उनले पुरुष म्यादी प्रहरीलाई रातिको ड्युटीमा खटाए पनि महिला म्यादी प्रहरीलाई बेलुका आठ बजेअघिको सजिलो ड्युटीमा खटाउने गरेका छन् ।

महिला म्यादी प्रहरीलाई खाना पकाउने काममा लगाएका उनले कतिपयलाई निःशुल्क खाना खुवाउने गरेका छन् । तर, पुरुष म्यादी प्रहरीलाई भने प्रति छाक ८० रुपैयाँ लिने गरेका छन् । ‘कसैलाई निःशुल्क खाना खुवाइन्छ, कसैलाई प्रति छाक ८० रुपैयाँ लिइन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा डुम्रेधारापानी प्रहरी चौकीमा रहेका एक म्यादी प्रहरीले भने, ‘नुनथला, जाल्पा र ऐंसेलुखर्कमा रहेका हाम्रा साथीहरुलाई प्रति छाक ५० रुपैयाँमा खाना खुवाइँदोरहेछ । यहाँ भने मनपरी असुलिएको छ  ।’

महँगो खानाबारे जिज्ञासा राख्दा असई अधिकारीले भने, ‘२,२०० रुपैयाँ बोरा पर्ने चामलको भात खुवाएको छु । महँगो प¥यो भन्नेलाई होटलमा खान सक्छौ भनेको छु ।’ 

खाना मात्रै होइन, म्यादी प्रहरीलाई सुत्ने समस्या पनि त्यत्तिकै चर्को छ । उनीहरुमध्ये कतिपयलाई हिरासत, कसैलाई हुलाक त कतिपयलाई साबिक गाविसको सानो कोठामा कोचीकोची सुताउने गरिएको छ । नाम उल्लेख नगर्न अनुरोध गर्दै अर्का म्यादी प्रहरीले दुःखेसो पोखे, ‘लेकको ठाउँ । मंसिरको जाडो । यस्तो अवस्थामा पनि एकसरो ओढ्ने, ओछ्याउने नहुँदा राम्ररी निदाउन सकिएको छैन । कतिन्जेल यसरी ड्युटी गर्ने होला ।’

असई अधिकारीका अनुसार, डुम्रेधारापानी प्रहरी चौकीमा दुई कोठा छन् । दुई कोठामा ६ वटा पलङ छन् । त्यति पलङमा नअट्ने भएकाले विभिन्न ठाउँमा सुत्ने व्यवस्था मिलाइएको खस्रो आवाजमा जवाफ दिए । 

भेदभाव गरिएपछि असई हेमबहादुर अधिकारी र म्यादी प्रहरीबीच मंसिर ११ गते राति भनाभन भएको स्थानीयले जानकारी गराए । सोही विषय सञ्चारकर्मीलाई जानकारी गराएपछि असई अधिकारी केही हच्केका थिए । असईसँग टेलिफोनमा कुराकानी सक्ना साथ सिपाही कैलाश खड्काले ९८१७००५४४० नम्बरबाट पंक्तिकारलाई टेलिफोन गरेका थिए । 

असई अधिकारीले म्यादी प्रहरीलाई आइन्दा त्यसो नगर्न सुझाए छन् । ‘पत्रकार सत्रकारले के गर्छन् ? पत्रकार हुन् कि मानवअधिकारवादी मलाई के मतलब,’ असई अधिकारीले म्यादी प्रहरीलाई तर्साउँदै भनेका थिए, ‘हाम्रो पनि डीआईजी, एआईजीसँग संगत छ ।’  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई