२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गिँजाको अप्रेसन गर्दा एकको मृत्यू, स्थिति तनावग्रस्त

२०७४, ५ पुष बुधबार ०६:०२

प्रेम सुनार/पुस ५, गुल्मी । गुल्मीको रेसुङ्गा अस्पत्तालमा दाँतको उपचार गर्न पुगेका व्यक्तिको मृत्यू भएपछि तनाव उत्पन्न भएको छ । 

मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षिय शिवलाल अर्यालको गिँजाको पिप निकाल्ने क्रममा मंगलबार राति ८ बजे मृत्यू भएको थियो । सामान्य दाँत दुखेर रेसुङ्गा अस्पत्ताल भर्ना भएका अर्याललाई डाक्टरले गिँजाको पिप निकालेपछि ठीक हुन्छ भनेर अप्रेसन गरेको तर अप्रेसन पछि उनको होस नफर्केको मृतकका आफन्त बुद्धि गौतमले बताए । 

दाँत दुखेपछि मंगलबार दिउँसो २ बजे बिरामी अस्पताल पुगेका थिए । डाक्टरको लापरबाहीले सामान्य अवस्थाका मान्छेको ज्यान गएको आफन्तको आरोप छ । ‘तपाइँहरुले नसक्ने भए बाहिर लैजान्छौँ भनेको हो, तर डाक्टरले मानेनन,’ गौतमले भने,‘अन्त्यमा बिरामीको ज्यान नै लिए । 


अर्यालको मृत्यूपछि उनका २१ वर्षिय छोरा अस्पत्तालमै बेहोस छन । डाक्टरको लापरबाहीको कारण मृत्यू भएको भन्दै मृतकको शव मृतकको शव उठाईएको छैन । ‘अस्पतालको लापरबाही देखिएपछि अहिले हामीले शव छुने कुरा हुँदैन, अझ प्रहरी बोलाएर बल प्रयोग गरियो,’ स्थानीय बालकृष्ण अर्यालले भने ‘परिवार र आफन्तहरु मात्र हैन सिङ्गो अर्जेलाई शोकमा डुवाइएको छ ।’

प्रहरीले बल प्रयोग गर्दा सदरमुकाम मौन: वडाअध्यक्ष

मालिका गाउँपालिका ६ का वडा अध्यक्ष शोभाखर गिरीले अस्पतालका लागि यो घटना नौलो नभएको बताए । उनले पहिले पनि अरु धेरै घटना घटेका तर पहुँचवालाको लगानी भएकाले लुकाएर बाहिर आउन नदिएको आरोप लगाए । ‘यो अर्जेको मात्र बिषय होइन, भोली धेरैले खेप्ने समस्या हो,’उनले भने,‘तर प्रहरीले बल प्रयोग गर्दा सिङ्गा सदरमुकाम मौन छ ।’ यो कुराबाट नै अस्पतालको दादागिरी प्रष्ट हुने उनले बताए ।

डाक्टरहरुलाई स्कटिङ्ग गरेर जिप्रका पु¥याइयो

रेसुङ्गा अस्पतालका डाक्टर याम भुजेलले यो घटनाले आफुहरुलाई झुक्काएको बताए । अप्रत्यासित बिरामीको मृत्यु भएपनि अफुहरुको त्यसका कुनै नियत नभएको उनले बताए । डाक्टर प्रकाश पुन, यम भुजेल र बिक्रम बस्नेतले अप्रेसन गरेका थिए । अस्पतालमा बनाव बढ्दै गएपछि प्रहरीले रेसुङ्गा अस्पतालका तीन जना डाक्टरहरुलाई नै स्कटिङ्ग गरेर प्रहरी कार्यालय लगेको छ । 

मृतकका आफन्तले अस्पतालबाट डाक्टरलाई हत्कडी लगाएर लैजानुपर्ने माग गरेपछि केहिवेर नाराबाजी र तनाव समेत भएको थियो । अब कसरी अगाडी बढ्ने भन्ने बिषयमा अहिले पीडितका आपन्त, अस्पताल, प्रसासन र सरोकारवालाबिच छलफल चलिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्