१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सञ्जालको दुरुपयोगयसरी बढ्यो

६ पुष २०७४, बिहीबार ०८:४९

पुस ६, चितवन । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी हुने अपराधका घटना बढ्दै गएका छन् । 

जिल्लामा गत वर्ष दुईवटा मुद्दा दर्ता भएकामा यस वर्षको चार महिनामा पाँचवटा मुद्दा दर्ता भइसकेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार अहिले सामाजिक सञ्जालको प्रयोग गरेर विभिन्न किसिमका घटना घटाउने गरिएको छ । 

पछिल्लो समय आएर फेसबुक, ट्विटर, इमो, भाइबर लगायतका सामाजिक सञ्जालबाट आपराधिक क्रियाकलाप बढ्दै गएको हो । सामान्य निवेदन मात्र कार्यालयमा दैनिक दुईदेखि तीनवटा आउने गरेको तथ्यांकले देखाएको छ । 

सामाजिक सञ्जालका माध्यमबाट सयाँै युवायुवतीको भविष्य बिग्रिएको छ भने कयौँ मानिस ठगिएका छन् । सामाजिक सञ्जालका कारण अहिले बढी मात्रामा युवा पुस्ता प्रभावित बन्दै आएको थापाले बताउनुभयो । 

सामाजिक सञ्जालका कारण विश्व साँगुरिदो घरमा रहेको भन्दै थापाले यसको प्रयोग गर्ने बढी मात्रामा युवापुस्ता रहेको र उनीहरुमा बढी मात्रामा यो समस्या देखिने गरेको बताउनुभयो । 

यसको दुरुपयोग गर्दै कतिपयले ठग्ने, अश्लील फोटो तथा भिडियोको माध्यमले चरित्र हत्या गर्ने जस्ता काम गरेको थापाले बताउनुभयो । चेतनाको कमीका कारण सामाजिक सञ्जालबाट आपराधिक क्रियाकलाप हुने गरेको भन्दै यस्तालाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही गरिने उहाँले बताउनुभयो । 

कानुनी रुपमा यस्तो अपराध गर्नेलाई एक लाखदेखि दुई लाखसम्म जरिवाना, २ वर्षदेखि ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । जिल्लामा सामाजिक सञ्जालको मुद्दा दायर गर्न पाइँदैन । 

यो मुद्दा काठमाडौँ जिल्ला अदालतले मात्र हेर्ने गरेको छ । जसका कारण जिल्लामा आएका सामान्य निवेदनमाथि आपसी सहमतिमा टुङ्गाउने गरिएको छ । गम्भीर विषय भएमा काठमाडौँ पठाइने उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ