२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सञ्जालको दुरुपयोगयसरी बढ्यो

२०७४, ६ पुष बिहीबार ०८:४९

पुस ६, चितवन । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी हुने अपराधका घटना बढ्दै गएका छन् । 

जिल्लामा गत वर्ष दुईवटा मुद्दा दर्ता भएकामा यस वर्षको चार महिनामा पाँचवटा मुद्दा दर्ता भइसकेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार अहिले सामाजिक सञ्जालको प्रयोग गरेर विभिन्न किसिमका घटना घटाउने गरिएको छ । 

पछिल्लो समय आएर फेसबुक, ट्विटर, इमो, भाइबर लगायतका सामाजिक सञ्जालबाट आपराधिक क्रियाकलाप बढ्दै गएको हो । सामान्य निवेदन मात्र कार्यालयमा दैनिक दुईदेखि तीनवटा आउने गरेको तथ्यांकले देखाएको छ । 

सामाजिक सञ्जालका माध्यमबाट सयाँै युवायुवतीको भविष्य बिग्रिएको छ भने कयौँ मानिस ठगिएका छन् । सामाजिक सञ्जालका कारण अहिले बढी मात्रामा युवा पुस्ता प्रभावित बन्दै आएको थापाले बताउनुभयो । 

सामाजिक सञ्जालका कारण विश्व साँगुरिदो घरमा रहेको भन्दै थापाले यसको प्रयोग गर्ने बढी मात्रामा युवापुस्ता रहेको र उनीहरुमा बढी मात्रामा यो समस्या देखिने गरेको बताउनुभयो । 

यसको दुरुपयोग गर्दै कतिपयले ठग्ने, अश्लील फोटो तथा भिडियोको माध्यमले चरित्र हत्या गर्ने जस्ता काम गरेको थापाले बताउनुभयो । चेतनाको कमीका कारण सामाजिक सञ्जालबाट आपराधिक क्रियाकलाप हुने गरेको भन्दै यस्तालाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही गरिने उहाँले बताउनुभयो । 

कानुनी रुपमा यस्तो अपराध गर्नेलाई एक लाखदेखि दुई लाखसम्म जरिवाना, २ वर्षदेखि ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । जिल्लामा सामाजिक सञ्जालको मुद्दा दायर गर्न पाइँदैन । 

यो मुद्दा काठमाडौँ जिल्ला अदालतले मात्र हेर्ने गरेको छ । जसका कारण जिल्लामा आएका सामान्य निवेदनमाथि आपसी सहमतिमा टुङ्गाउने गरिएको छ । गम्भीर विषय भएमा काठमाडौँ पठाइने उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू