१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्यास उद्योगमा भएको भीषण आगलागीबारे छानबिन समिति गठन

७ पुष २०७४, शुक्रबार ११:०४

पुस ७, काठमाडौँ । वीरगञ्ज महानगरपालिका–२२ सुखचैनास्थित सुपर ग्यास उद्योगमा भएको भीषण आगलागी वारे छानबिन गर्न आपूर्ति मन्त्रालयले छ सदस्यीय छानबिन समिति गठन गरेको छ । 

उद्योगमा बुधबार भीषण आगलागी हुँदा दुईजनाको ज्यानसमेत गएको थियो । नेपालका प्रचलित कानूनको अधीनमा रही घटनास्थलको स्थलगत अध्ययन, स्थानीय प्रशासन तथा स्थानीय बासिन्दासँग छलफलसमेत गरी सत्यतथ्य पत्ता लगाउने तथा दुर्घटनाको कारण पत्ता लगाई दोषीमाथि कारबाहीको सिफारिस गर्ने र भविष्यमा यस्ता दुर्घटना हुन नदिन अपनाउनुपर्ने सुरक्षाका उपायका बारेमा राय सुझावसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्न सो समिति गठन गरिएको हो । 

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक संयोजक रहने सो समितिमा उद्योग विभागका उपसचिव (प्राविधिक), नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक उपसचिव (प्राविधिक), नेपाल आयल निगमका निर्देशक (एलपिजी विभाग) तथा नेपाल आयल निगमका प्रबन्धक (एलपिजी विभाग) सदस्य रहेको आपूर्ति मन्त्रालयलका सहसचिव÷प्रवक्ता मुकुन्दप्रसाद पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो