५ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनोरञ्जन क्षेत्रमा जोखिमयुक्त कार्यमा संलग्न ३०० बालबालिकाको उद्धार

८ पुष २०७४, शनिबार ०६:४०

पुस ८, काठमाडौँ । ‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले काठमाडौँ उपत्यकाका विभिन्न रेस्टुराँ, दोहरी, डान्स बार तथा साना होटललगायत मनोरञ्जन क्षेत्रमा जोखिमयुक्त कार्यमा संलग्न ३०० बालबालिकाको उद्धार गरी परिवार तथा समाजमा पुनःस्थापना गरेको छ । 

मनोरञ्जन क्षेत्रमा कार्यरत १२ वर्षदेखि १५ वर्षसम्मका ती बालबालिकालाई स्थानीय प्रहरी प्रशासनको सहयोगमा उक्त संस्थाले सहयोग गरेको हो । 

संस्थाले यही डिसेम्बर १५ भित्र (एक वर्षको अवधि) मा गरेका कार्य प्रगतिको प्रतिवेदन आज यहाँ सार्वजनिक गर्दै विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले उपत्यकाका एक हजार नौ मनोरञ्जन व्यवसायका रेस्टुराँ, दोहरी, डान्स बार तथा साना होटलमा अनुगमन गर्दा दुई हजार ७०३ महिला तथा बालबालिका पाइएको जानकारी दिँदै त्यसमा एक हजार ७८३ किशोरी पाइएको बताउनुभयो । 

अनुगमनका क्रममा महिला तथा बालबालिका खुलेर कुरा गर्न नपाउने पाइएको छ, ३०९ बालिका बेचबिखनको जोखिममा रहेको संस्थाले जनाएको छ । 

उपत्यकामा करिब ६० हजार महिला तथा किशोर किशोरी श्रमिकका रुपमा कार्यरत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । रोजगार र मानव बेचबिखनका विषयमा ४५ वटा सामुदायिक अभिमुखीकरण तालीमका माध्यमबाट एक हजार ९५३ लाभान्वित गराइएको छ । 

कार्यक्रममा नेपाल स्वतन्त्र होटल, क्यासिनो र रेस्टुराँ मजदुर युनियनका महासचिव दीपक सापकोटाले सो व्यवसायलाई औपचारिक व्यवसायका रुपमा विकास गरिने जानकारी गराउँदै त्यस क्षेत्रमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गरिने बताउनुभयो । 

कार्यक्रममा सहभागी प्रहरी अधिकारीले सो क्षेत्रमा नियमविपरीत बालबालिकालाई श्रममा लगाउने व्यवसायीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्दै सेवाग्राहीबाट महिला हिंसा तथा यौनजन्य दुव्र्यवहार भएमा सम्बन्धित महिलालाई उजुरी गर्न आग्रह गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंका वकिलको आरोप: ‘मंसिर ७ को आन्दोलन रोक्न पक्राउ गरियो’ अन्डरवर्ल्ड एजेन्ट भन्दै असुली गर्न खोजेको आरोपमा चिकित्सक पक्राउ रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा सहकारी ठगी प्रकरणमा जाहेरी नेपालमा लरेन्स विश्नोईको नाम लिएर धम्की: सीआईबीमा चार जनाको उजुरी, अनुसन्धान जारी भैंसेपाटी हनिट्रयाप प्रकरण : इन्सपेक्टर शाहीसहित ६ जनालाई मुद्दा चलाउन सिफारिस लोकतन्त्रप्रति भरोसा जगाउन शासन प्रणाली पारदर्शी, जवाबदेही र सुशासन अनिवार्य: राष्ट्रपति पौडेल काठमाडौं आइपुगे भारतीय सेना प्रमुख द्विवेदी इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप, तीनजना घाइते बीआरआईबारे कांग्रेसको अडान- अनुदान भए ठीकै छ, ऋण कुनै हालतमा स्वीकार्य हुँदैन समयमै हवाई टिकट नपाएपछि गर्भमै शिशुको मृत्यु मुकेश अम्बानीलाई एलन मस्ककाे झट्का ! दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति उपचुनाव: माओवादीले खाता खोल्यो, पुथाउत्तरगंगा-२ वडाध्यक्षमा जगत घर्ती निर्विरोध अदालत परिसरमा विषादी सेवन: रश्मिला धामी अचेत अवस्थामा, मट्टितेल पिएको अनुमान स्टार स्पोर्ट्ससँग गैरकानूनी सम्झौता गरेको भन्दै क्यानको निर्णयप्रति तीन संस्थाको आपत्ति न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने २४ वर्षीया युवती पक्राउ अदालत परिसरमा विष सेवनपछि रश्मिला धामी पक्राउ मेडिसिटी अस्पतालमा बिरामीको मिर्गौला गायब बनाएको भन्दै चर्को आन्दोलन, के भन्छ अस्पताल? मन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी