१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहको शव नेपाल ल्याइँदै

९ पुष २०७४, आईतवार १२:५३

पुस ९, काठमाडौँ (रासस) | बंगलादेशको राजधानी ढाकास्थित पायोनियर डेन्टल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी विनिशा शाहको शव नेपाल ल्याइँदै छ । 

आवश्यक प्रक्रिया मिलाई शाहको शवलाई आजै नेपाल लैजाने व्यवस्था मिलाइएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । 

यही डिसेम्बर १९ मा शाहले आफ्नै कलेजको होस्टेलको सिलिङ पङ्खामा झुण्डिएर आत्महत्या गरेको र घटनालगत्तै दूतावासले घटनास्थलको वस्तुस्थिति अवलोकन गरी निजका आफन्तलाई फोनमार्फत जानकारी गराएको नेपाली राजदूतावासले आज विज्ञप्तिमार्फत जनाएको छ । 

साथै घटनाका सम्बन्धमा मृतकका परिवारमा परेको पीडा र असहज परिस्थितिमा अनावश्यक अफवाह फैलने गरी विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रचारबाजी भएकोप्रति दूतावासले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस दुःखद घटनाप्रति संवेदनशीलतापूर्वक तथ्यगत जानकारी लिएर मात्र समाचार सम्प्रेषण गर्न दूतावासले सबैलाई अनुरोध गरेको छ । 

घटनाको छानबिन तथा शव नेपाल लैजाने प्रक्रियामा बंगलादेश प्रहरी, कलेज प्रशासनलगायत सबैको सकारात्मक सहयोग प्राप्त भएको दूतावासले जनाएको छ । दूतावासका अनुसार मृतकका दाजु नरेन्द्र शाह घटना घटेकै दोस्रो दिन ढाका पुग्नुभएको र घटना भएकै दिन प्रहरी मुचुल्का गरी बंगलादेशको ढाका मेडिकल कलेजमा मृतकको शव परीक्षण गरिएको थियो । घटनाको थप छानबिनका लागि ढाका महानगरीय प्रहरीमा उजुरीसमेत गरिसकिएको र यी हरेक प्रक्रियामा निजका दाजुसहित नेपाली राजदूतावास संलग्न रहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस