१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साँखुमा माधवनारायण शालिनदी मेलाको तयारी शुरु

१० पुष २०७४, सोमबार १२:५६

पुस १०, काठमाडौँ । प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने साँखु माधवनारायण शालिनदी मेलाको तयारी शुरु भएको छ । 

यस वर्ष पुस १८ गतेदेखि मेला शुरु भई माघ १७ गते सकिनेछ । मेला अवधिभर साँखुमा लाखौँ भक्तजनको भीड लाग्छ । साँखु बजारलाई पुरानो एवं ऐतिहासिक धरोहरका रुपमा लिइन्छ । नेपाल तिब्बतको व्यापार हुने समयमा साँखु प्रमुख मार्ग थियो । 

माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले मेला व्यवस्थापनको तयारीस्वरुप साँखुका आठ वटै टोलमा भेला गरी टोल समूह गठन गरेको छ । संघसंस्था एवं महिला समूहको छुट्टै समिति गठन गरेर तयारी शुरु गरिएको समितिका अध्यक्ष राजभाइ श्रेष्ठले बताउनुभयो । 

“यहाँ क्रियाशील नेपाल स्काउट, नेपाल प्रहरी, साँखु बस व्यवसायी संघलगायत संघसंस्थाले मेला व्यवस्थापनमा सहयोग गर्ने जिम्मा लिएका छन्, इलाका प्रशासन कार्यालय र शंखरापुर नगरपालिकासँग पनि समन्वय गरेर मेलाको तयारी शुरु गरेका छौँ”, उहाँले भन्नुभयो । 


यस वर्ष शालिनदी तटमा घाट सुधारका थप योजना कार्यान्वयन भएको समितिले जनाएको छ । सरसफाइ गरेर ४० वर्षपछि शालिनदी घाटमा सातवटा खुड्किला, ब्रह्मनाल र वासुकी नाग समेत पूरै देखिएको छ । 

समितिले मेला व्यवस्थापनको तयारी गरिरहँदा विगत वर्षमा भएका कमी–कमजोरी सच्याउने प्रतिबद्धता जनाएको छ । मेलामा आउने भक्तजन एवम् व्रतालुको सेवासुविधामा कमी आउन नदिने समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

यस वर्ष शालिनदी तटमा रहेको सार्वजनिक जग्गाको सीमांकन गरेर १० रोपनी १३ आना जग्गा निकालिएको छ । यस ठाउँमा आगामी वर्ष थप भौतिक निर्माणका काम गर्न सजिलो हुने उहाँले बताउनुभयो । शालिनदी तटमा वर्षभरि नै पर्यटक आउने गरी आकर्षण केन्द्र बनाउने योजनाअन्तर्गत झरना र नारायण भगवान्को शिरमा पानीको फोहरा झर्ने गरी फाउन्टेन निर्माण पनि अन्तिम चरणमा पुगेको छ । 

समितिले यसपटक पुरुष व्रतालु राति सुत्ने स्थल (धलम्पु) को संरक्षण गरेको छ । विगत वर्षमै खस्न लागेको यो ठाउँमा १९ फिट अग्लो र ४२ फिट लामो बाँध निर्माण गरेर संरक्षण गरिएको छ । शालिनदी तटको सार्वजनिक जग्गा सीमांकन गरिसकेपछि शंखरापुर र कागेश्वरी मनहरा नगरपालिकाका अन्य स्थानमा समेत यसरी नै संरक्षण गरिनुपर्ने आवाज स्थानीयवासीले उठाउन थालेका छन् । 

यस विषयमा नापी कार्यालय, नगरपालिका एवं सरकारको समयमै ध्यान जानुपर्ने स्थानीय सञ्चारकर्मी पवनलाल श्रेष्ठले बताउनुभयो । साँखुमा मेला भर्न आउने मात्रै हैन व्रत बस्ने व्रतालु र परिवारको पनि भीड हुन्छ । 

भूकम्पले ध्वस्त साँखुमा अझै पुनः निर्माण हुन सकेको छैन । यसले पर्यटक आवागमनमा असर पार्ने स्थानीयवासीको गुनासो छ । यस वर्ष २५ लाखभन्दा बढी पर्यटक मेलाका अवसरमा शालिनदी क्षेत्रमा भित्र्याइने समितिले जनाएको छ । पूर्णप्रसाद मिश्र/रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस