२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कलाकार विना थापाको सडक दुर्घटनामा निधन

२०७४, १२ पुष बुधबार १२:३८

प्रेम सुनार/पुस १२, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर २ जलजले भई काठमाण्डौंमा कलाकारिता क्षेत्रमा क्रियाशिल कलाकार विना थापाको आज दिउँसो काठमाण्डौकै वत्तीस पुतलीमा सडक दुर्घटनामा परी ज्यान गएको छ । 

बा २ ख ८९४ नम्वरको पानी ट्याङीले ठक्कर दिदा बा ५५ प १३८७ नम्वरको स्कुटरमा सवार २७ बर्षीय विनाको ज्यान गएको हो । गम्भीर घाईते भएकी उनको उपचारका क्रममा विर अस्पतालमा मृत्यु भएको हो ।

थापा स्टेज प्रोग्राम तताउने नृत्याङक र मोडलिङ्गका लागि स्थापित चलेकी कलाकार थिईन । उनि रामप्यारी नेपाली चलचित्रमा अभिनय पनि गरेकी थिईन । उनले अभिनय गरेको अर्को एक चलचित्र पनि आउँदै छ । 

पिरतीको डोरी , शिव परियारको दिन वित्यो जस्ता दर्जनौ म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरेकी विना स्टेज प्रोग्रामका लागि दुवई लगायतका विभिन्न देशमा समेत पुगेकी छिन् ।

अस्पतालमा पुगेका गुल्मीका कलाकार कमल बिसीले भोली मात्र सुटिङ्गका लागि भेट्ने कुरा थियो , आज उनको मृत्युले म बोल्न सक्ने अवस्थामा छैन भने । विना पृथ्वी माध्यामिक विद्यालय मैदनामा एसएलसी पास पछि उच्च शिक्षा अध्यान गर्न काठमाण्डौ गए पछि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस