२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नगरपालिकालाई यातायात व्यवसायीको कडा चुनौती (फोटोफिचर)

२०७४, १७ पुष सोमबार १२:२८

चिसाङ शेर्पा/पुस १७, खोटाङ । यातायात व्यवसायीको अटेरका कारण खोटाङमा सवारी साधन अझै सडकमै पार्किङ भईरहेको छ् । 

रुपाकोट मझुवागढी नगरपालिकाले पुस ११ गतेबाट सानाठूला सवारी साधनले तोकेको स्थलमा पार्किङ गर्न सुचना जारी गरे पनि बेवास्ता गर्दै व्ययसायीले जथाभावी सडकको दायाँबायाँमा पार्किङ गरिरहेका छन् । नगरपालिका नियम बनाउने बस व्यवसायी तोड्ने गरिरहेका छन् । 


नगरपालिकालाई स्वच्छ, सुन्दर, सफा र दुर्घट्नारहित बनाउँन साना जिपलाई दिक्तेल बजारको हाँटडाडाँ तथा ठूला यात्रु र मालबाहक सवारी साधनलाई सोल्मा डाडाँगाउ र आचार्यटोल बसपार्कमा पार्किङ गर्न लगाईए पनि हालसम्म सबै किसिमका सवारीसाधन बजारदेखी बाम्राङको रमितेढुंगासम्मको सडकमा पार्किङ भइरहेकोे छ । बसपार्क बेकम्मा भएको छ ।  

यातायात व्यवसायी र नगरपालिका, नगरवासी राखेर सर्वदलिय भेलाबाट पारित निर्णय यातायात व्यवसायी अटेर गर्नु, नगरपालिका चुपचाप बस्नुले बेसक्याम्प–रत्नपार्क आसपासका होटल बचाउ अभियानमा लागेको अनुमान गर्न सकिन्छ । जब कि यातायात ब्यवसायी र नगरपालिका नियम बनाउँछन् आफै पालना गर्दैैनन् ।  

नगरपालिकाले पुस ११ गतेबाट बस तथा जिपहरुले आ–आफ्नो स्थानमा पार्किङ गर्नुपर्ने र नगरेमा प्रति गाडीबाट ५ हजार जरिवाना लिईने नियम बनाए पनि कागजमा मात्र सिमित हुंदा यातायात व्यवसायीले अटेर गर्दै मन लाग्दो पार्किङ गरिरहेको हाँटडाडाँ टोल पुर्वाधार बिकास तथा ब्यापार प्रर्बद्धन समितिका अध्यक्ष किशन कुमार राईले बताउनुभयो । तोकेको स्थानमा पार्किङ नगर्ने गाडीलाई जिल्ला प्रहरी कार्यालयमा राख्ने निर्णय भएको थियो । लागू भएको देख्दिन, नियम कागजमा मात्रै सिमित हुनुले व्यवसायीलाई मन लाग्दो गर्न आत्मबल पुगेको राईले बताए ।


नाम नबताउँने शर्तमा एक बजारवासीका अनुसार “जिल्लामा तिन स्थानमा बसपार्क र जिपपार्क छ तर, त्यहाँ बस्न खानाको सुविधा छैन भन्दै ड्राईभर र बस मालिकहरु एकामुख हुन्छन् । नगरपालिका थमथमाउने मात्रै काम गर्छ । रत्नपार्कमा रहेका होटलवाला, वस व्यवसायी र नगरपालिकाको साँठगाठ छ कि के हो ? नत्र किन पार्किङस्थलमा जान मान्दैनन् ।      

तपाईहरु आफै नियम बनाउने आफै पालना नगर्ने भन्ने प्रश्नमा खोटाङ यातायात व्यवसायी संघका अध्यक्ष बिष्णु कुमार श्रेष्ठ स्याण्डेले होटलवालासँग कुनै साँठगाँठ नभएको बताउँदै बसपार्क र जिपपार्कमा गाडी लान भरपुर लागेको बताउनुभयो । पार्किङस्थल अपायक भएको भन्दै बस ब्यबसायी अटेर गर्नु र स्थानिय प्रशासनको कमजोर सहयोगका कारण ट्राफिक प्रहरीले एक्सन नलिएकाले ब्यबसायी अटेरी बन्नमा आत्मबल पुगेको खोटाङ यातायात ब्यवसायी संघका महासचिव राम कुमार हिङमाङले बताए । 


आईतबार साँझबाट बजार र सडकको आसपासमा पार्किङ गर्ने तीन वटा गाडीलाई ५ हजारका दरले कारवाही गरिएकोे रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजालले बताउनुभयो । नगरपालिको निर्णय बिपरीत जानेलाई कुनै पनि हालतमा उम्किन नदिने बताए ।

पुरानो बानी सुधार गर्न केही कठिनाई भएको स्वीकार्दै नगरप्रमुख रिजालले जथाभावी पार्किङ गरिएको गाडीलाई पन्ध्र दिन जिल्ला प्रहरी कार्यालयमा थुनामा राख्ने आदेश ट्राफिक प्रहरीलाई दिएको बताए । यद्यपी, ट्राफिक प्रहरीलाई आदेश भए पनि ट्राफिक प्रहरी भएको स्थानमा बस तथा जिपहरु सडकमा पार्किङ गरेको पाईन्छ । बाटो बिग्रेकाले आचार्यटोल र खानाबस्न सुविधा नभएको भन्दै सोल्मा बसपार्कमा चालक तथा सहचालक बस लिएर नगई सडकमा पार्किङ गरिरहेको खोटाङका ट्राफिक ईन्चार्ज नरेन्द्र पौड्यालले बताए । 


यस्तै, विधार्थीहरुलाई मध्यनजर गरी बजारभित्र शुरु गरिएको यातायात साधन निषेध नियम समेत लागू भएको छैन । बजारमा बिहान ९ बजेदेखी साँढे दशबजेसम्म र साँझ ३ बजेदेखी साँढे चार बजेसम्म मोटरबाईक बाहेक सवारीसाधन गुडाउँन निषेध गरिएको नगरपालिकाले सुचना गरे पनि जस्ताको त्यस्तै रहेको छ । नियम लागू गर्नमा नगरपालिका निरिह रहेको देखिन्छ ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस