१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७० वर्षे बृद्धले बन्दुक ताकेर बलात्कार गरेपछि…

१८ पुष २०७४, मंगलवार १०:१६

पुस १८, काठमाडौँ । सिन्धुपाल्चोकमा महिलालाई बन्दुक देखाएर बलात्कार गरेको आरोपमा एक बृद्ध पक्राउ परेका छन् ।

जुगल गाउँपालिका-२ का ७० बर्षीय सुकबहादुर तामाङ पक्राउ परेका हुन् । पूर्ववडाध्यक्ष समेत रहेका तामाङले गत बैशाख २८ गते गोल्चेको निगालेमा रहेको गोठमा सुतिरहेका वेला बन्दुक देखाउँदै धनकुमारी (नाम परिवर्तन) लाई तामाङले बलात्कार गरेको बताइएको छ । बन्दुक देखाएर जबर्जस्ती गरेपछि कसैलाई भनेमा मारिदिने धम्कीसमेत उनले दिएका थिए ।

त्यसपछि धनकुमारीलाई असोजमा पेट दुख्ने समस्या भएपछि आफन्तले ललितपुरको शान्त भवनस्थित अस्पतालमा पुर्‍याए । असोज २७ गते चेकजाचका क्रममा डाक्टरले गर्भवती भएको बताएपछि उनलाई गर्भपनतका लागि दबाब दिइएको थियो । 

‘अस्पतालमै गर्भ तुहाउने धेरै प्रयास भए तर, मैले मानिँन’ पीडित महिला भन्छिन् । समय धेरै भइसकेको भन्दै चिकित्सकले गर्भपतन गर्न अस्वीकार गरेपछि धनकुमारी गाउँमा र्फकैकी थिइन । गाउँमा आएपछि ‘जसको गर्भ हो, उसले जिम्मा लिन’ भनेपछि गाउँमा सबैले घटनाबारे थाहा पाए ।

त्यसपछि गाउँमा ‘राजा’ उपनाम पाएका सुकबहादुर आफैं १७ कात्तिकमा जिल्ला प्रहरी कार्यालयमा आए र पीडितका दाइ लगायतका ६ जनाविरुद्ध गाली बेइज्यती मुद्दा दर्ता गरी फर्किए । गाउँमा म्याद आएपछि मात्रै गाउँलेले मुद्धाबारे थाहा पाए ।

धनकुमारी अहिले गाउँ छाडेर पुनस्थापना केन्द्रमा आएकी छिन् । सुकबहादुरको धम्कीका कारण आफूले गाउँ छाड्नु परेको उनले बताइन् ।

उनले नाता कायम र माना चामल भरिपाउँ भन्दै अदालतमा मुद्दा दायर गरेकी छन् । श्रीमान-श्रीमतीको नाता कायम गर्नु पर्ने र जन्मने बच्चाको न्वारनसमेत सुकबहादुरबाटै गर्नु पर्ने उनको माग छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक