२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७० वर्षे बृद्धले बन्दुक ताकेर बलात्कार गरेपछि…

२०७४, १८ पुष मंगलवार १०:१६

पुस १८, काठमाडौँ । सिन्धुपाल्चोकमा महिलालाई बन्दुक देखाएर बलात्कार गरेको आरोपमा एक बृद्ध पक्राउ परेका छन् ।

जुगल गाउँपालिका-२ का ७० बर्षीय सुकबहादुर तामाङ पक्राउ परेका हुन् । पूर्ववडाध्यक्ष समेत रहेका तामाङले गत बैशाख २८ गते गोल्चेको निगालेमा रहेको गोठमा सुतिरहेका वेला बन्दुक देखाउँदै धनकुमारी (नाम परिवर्तन) लाई तामाङले बलात्कार गरेको बताइएको छ । बन्दुक देखाएर जबर्जस्ती गरेपछि कसैलाई भनेमा मारिदिने धम्कीसमेत उनले दिएका थिए ।

त्यसपछि धनकुमारीलाई असोजमा पेट दुख्ने समस्या भएपछि आफन्तले ललितपुरको शान्त भवनस्थित अस्पतालमा पुर्‍याए । असोज २७ गते चेकजाचका क्रममा डाक्टरले गर्भवती भएको बताएपछि उनलाई गर्भपनतका लागि दबाब दिइएको थियो । 

‘अस्पतालमै गर्भ तुहाउने धेरै प्रयास भए तर, मैले मानिँन’ पीडित महिला भन्छिन् । समय धेरै भइसकेको भन्दै चिकित्सकले गर्भपतन गर्न अस्वीकार गरेपछि धनकुमारी गाउँमा र्फकैकी थिइन । गाउँमा आएपछि ‘जसको गर्भ हो, उसले जिम्मा लिन’ भनेपछि गाउँमा सबैले घटनाबारे थाहा पाए ।

त्यसपछि गाउँमा ‘राजा’ उपनाम पाएका सुकबहादुर आफैं १७ कात्तिकमा जिल्ला प्रहरी कार्यालयमा आए र पीडितका दाइ लगायतका ६ जनाविरुद्ध गाली बेइज्यती मुद्दा दर्ता गरी फर्किए । गाउँमा म्याद आएपछि मात्रै गाउँलेले मुद्धाबारे थाहा पाए ।

धनकुमारी अहिले गाउँ छाडेर पुनस्थापना केन्द्रमा आएकी छिन् । सुकबहादुरको धम्कीका कारण आफूले गाउँ छाड्नु परेको उनले बताइन् ।

उनले नाता कायम र माना चामल भरिपाउँ भन्दै अदालतमा मुद्दा दायर गरेकी छन् । श्रीमान-श्रीमतीको नाता कायम गर्नु पर्ने र जन्मने बच्चाको न्वारनसमेत सुकबहादुरबाटै गर्नु पर्ने उनको माग छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस