२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हलेसी बजारमा भिषण आगलागी: ओखलढुंगाबाट दमकल झिकाईयो, राजधानीमा हेलिकोप्टर तयारीमा

२०७४, १८ पुष मंगलवार १६:०६

चिसाङ शेर्पा/पुस १८, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका हलेसी बजारमा भईरहेको भिषण आगलागीले उग्र रुप लिईरहेको छ । 

पुर्बको पशुपतिनाथले प्रसिद्ध धार्मिक तथा पर्यटकियस्थल हलेसी महादेवस्थान ७ का व्यवसायी मगम राईको घरबाट सुरु भएको आगोले उचितबहादुर राई, प्रकाशचन्द्र गिरी, तम्बराज राई, लगायत ६ घर नष्ट भइसकेको छ ।


ग्याँस पड्किरहेकाले आगो नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ । मंगलबार राती साँढे ७ बजेपछि सुरु भएको आगो इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीयबासीले नियन्त्रणको प्रयास गरिरहेको छ । 

आगो नियन्त्रण बाहिर भएकाले जिल्लाबाट प्रहरी नायव निरिक्षक चन्द्र भुषण यादब जनपथ प्रहरी, शसस्त्र प्रहरीको थप टोली लिएर राती ९: ३० बजे हलेसी हिडेका छन् । 

रुपाकोट मझुवागढी नगरपालिकाको दमकल १ घण्टा अगाडी हलेसी हिडेको छ । भने, ओखलढुंगाबाट १ वटा दमकल खोटाङ हिडेको छ । शेरगण मुढे ब्यारेकबाट ३५ जना नेपाली सेना घट्नास्थलमा पुगेको प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीले बताउनुभयो । सिडिओका अनुसार मानविय दुर्घट्ना, घाईतेका लागि राजधानीमा हेलिकोप्टर तयारी राखिएको बताए ।  

पानीको चरम अभाव भएकाले तत्कालका लागि माटो खन्न तथा घर भत्काउन स्काईभेटर पनि हलेसी पुगेको छ । आगलागी नियन्त्रणका लागि प्रविधि नहुंदा आगोलाई छिटो नियन्त्रणमा लिन नसकिएको प्रजिअ अधिकारीले बताए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस