२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोटाङ हलेसीको आगलागी ४ घण्टापछी नियन्त्रणमा, ५ घर जलेर नष्ट

२०७४, १९ पुष बुधबार ०२:१८

चिसाङ शेर्पा | पुस १९, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिका हलेसी बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । पुर्बको पशुपतिनाथले प्रसिद्ध धार्मिक तथा पर्यटकियस्थल हलेसी महादेवस्थान ७ का व्यवसायी मगम राईको घरबाट मंगलबार राती साँढे ७ बजेपछि सुरु भएको आगोले उचितबहादुर राई, प्रकाशचन्द्र गिरी, तम्बराज राई, लगायत ५ घर जलेर नष्ट भइसकेपछि ४ घण्टामा आगलागी नियन्त्रणमा आएको छ । 

खाना पकाउने ग्याँस पड्कीएर शुरु भएको आगोलाई जलेका बाहेक अन्य आसपासका घरलाई स्काईभेटरद्धारा एकाएक घर भत्काईएपछि आगो नियन्त्रणमा आएको खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी बताउनुभयो । सामान्य रुपमा भएका आगोलाई नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी र स्थानियले नियन्त्रण गरिरहेका छन् । स्थिती खतरामुक्त भएको छ । त्यहाँ रेडक्रस, स्वास्थ्यको टोली खटाईएको छ ।  

आगलागीबाट मानविय क्षति भने भएको छैन । धनजनको ठुलो क्षति भए पनि यक्किन तथ्याङक निकाल्न समय लाग्ने प्रहरीले बताएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेधीका अनुसार बुधबार विहान जिल्ला प्रशासन, रेडक्रस, स्वास्थ्य, गैसस महासंघ, सबलको आपतकालिन बैठक बस्ने बताउनुभयो । बैठकले क्षतिका प्रकृती अनुसार क्षतिपुर्तीको निर्णय निकालिने सहायक प्रजिअ सुबेदीले बताए । 

आगलागी स्थलमा जिल्लाबाट प्रहरी नायव निरिक्षक चन्द्र भुषण यादब जनपथ प्रहरी, शसस्त्र प्रहरीको थप टोलीसहित राती ९ ः ३० बजे हलेसी हिडेका छन् । रुपाकोट मझुवागढी नगरपालिकाको दमकल हलेसी पुगेको छ । भने, ओखलढुंगाबाट जिल्ला आएको दमकललाई फर्काएको छ । 

यस्तै, शेरगण मुढे ब्यारेकबाट ३५ जना नेपाली सेना घट्नास्थलमा पुगेका छन् । प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीेका अनुसार मानविय दुर्घट्ना, घाईतेका लागि राजधानीमा हेलिकोप्टर तयारी राखिएको छ ।  आगलागी नियन्त्रणका लागि प्रविधि नहुंदा आगोलाई ढिलो नियन्त्रणमा लिन सकिएको प्रजिअ अधिकारीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा