१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुशीको खबर ! नयाँ बसपार्कभित्र निःशुल्क स्वास्थ्य सेवा लिन पाइने

१९ पुष २०७४, बुधबार ०९:१४

पुस १९, काठमाडौँ । लामो यात्रा गरेर काठमाडौँ आएका यात्रु र चालकलाई लक्षित गरेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ बसपार्कमा निःशुल्क परामर्श तथा स्वास्थ्य सेवा शुरु गरेको छ । 

अस्पतालले पाँचौँ वार्षिकोत्सवका अवसरमा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सहकार्य गरेर आजदेखि उक्त स्वास्थ्य सेवा केन्द्र शुरु गरेको हो । सेवा केन्द्र शुरुवात्सँगै बिरामीले प्राथमिकस्तरको स्वास्थ्यसेवा नयाँ बसपार्कबाट निःशुल्क पाउने भएका छन् । 

उक्त सेवा शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नयाँ वसपार्कलाई नमूना बसपार्क बनाउनका लागि ल्होत्से बहुउद्देश्यीय प्रालिले ग्राण्डी अस्पतालसँग मिलेर राम्रो कामको शुरुवात् गरेको बताउनुभयो । 

“ल्होत्से बहुउद्देश्यीय प्रालिसँग महानगरपालिकाले नयाँ वर्षपार्कलाई अत्याधुनिक बसपार्क बनाउने भनेर सम्झौता गरेको थियो, त्यो कुरा विस्तारै पूरा हुँदै गएको छ”, उहाँले भन्नुभयो, “प्रत्येक वडामा एक–एकवटा स्वास्थ्य क्लिनिक भए पनि यो सेवाले थप सहयोग पुग्ने छ । ” 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले यात्रु र चालकलाई लक्षित गरेर निःशुल्क सेवा दिएर राम्रो कामको शुरुवात् गरेको बताउनुभयो । “अस्पतालले चालक र यात्रुलाई सेवा दिने उद्देश्यले गरेको कामलाई महासंघको भरपुर सहयोग रहन्छ”, उहाँले भन्नुभयो । 

अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले बिरामी भएर उपत्यका आउने बिरामीलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले आकस्मिक स्वास्थ्यसेवा प्रदान गर्न लागिएको जानकारी दिनुभयो । 

काठमाडौँ महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्याम तिवारीले नयाँ बसपार्कलाई व्यवस्थित बनाउन महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले पैसा कमाउनका लागिभन्दा पनि सेवा प्रदान गर्नका लागि उक्त केन्द्र स्थापना गरिएको र लामो समयसम्म सेवा प्रदान गरिने जानकारी दिनुभयो । 

स्वास्थ्य सेवा केन्द्रको स्थापनबाट बिरामीले सामान्य उपचार पाउनाका साथै रोगका बारेमा जानकारी पनि लिन पाउने भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक