२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोदाई खाने दलित नै प्रहरी कस्टडीमा, यसरी सुरु भयो कुटाई

२०७४, १९ पुष बुधबार १४:३५

प्रेम सुनार | पुस १९, गुल्मी । आज दिउँसो गुल्मीको मुसिकोट नगरपालि भित्र पर्ने वामीटक्सार वजारमा मदिरा सेवन गरी स्थानिय ठुला बढा संग मुखा लाग्ने एक दलितलाई कुटपिट गरी उनलाई नै प्रहरी कस्टडीमा राखिएको छ । मुसिकोट नगरपालिका वडा नम्वर ८ वामी मैदान निवासी वावुराम परियारले वामीटक्सार बजारका संसार शाक्य लगायतबाट कुटाई खाएका हुन् । 

 यसरी सुरु भयो कुटाई 

परियार माथी घर जानका लागि वामीटक्सार बजारको वसपार्कमा  दिउँसो जिपको टिकट काटेका थिए । साथमा उनकी छोरी सहित ६ जना थिए । साढे तिन वजे हिडनु पनेै जिप परियारले ढिला गरे पछि टिकट काउण्टरका सन्तोष शाक्य रिसले चुर हुँदै फोनमा वोलाई रहेका थिए । 

परियार ढिला गरी आए । शाक्यको हप्काई सहन नसके पछि उनले पनि  उनिको जस्तो शव्द हुन्छ त्यस्तै शव्दमा मुख छाड्न थाले  । परियारले भने–‘ के गरुँ त नास्ता गर्ने क्रममा ढिला भयो, ठिकै छ तपाईको गाडीमा नभए अरुको गाडीमा जाउँला ।’ त्यो भन्दै परियार छतमा राखेको आफ्नो समानहरु झिक्न थाले  । त्यस पछि सुरु भयो शाक्य बन्धुहरुकै शव्दमा उनि माथी लछारपछार । 

प्रत्यक्षदर्शीका अनुसार परियारलाई  निर्घात कुटेको देख्ने धेरै छन ् ।  प्रत्यक्षदर्शी भन्छन कुटपिट गरी सके पछि कुटपिट गर्नेहरुले नै मदिरा सेवन गरेको भन्दै   वामी प्रहरीलाई फोन गरेर उनै पिटाई खाने व्यक्तिलाई अहिले प्रहरी कस्टडीमा पुराईएको छ  । 

परियारकी २४ वर्षिया छोरी सिता परियारले भनिन–‘ वुवा र हामी होटलमा नास्ता गर्दै थियो । काण्टरबाट अत्ताउँदै हुनुहुन्थ्यो । पछि हामी काउण्टरमा आउँदा वुवालाई गाली गलौज गरियो । त्यस पछि वुवाले ठिकै छ अर्को गाडीमा जाउँला भनेर समान झिक्न के खोज्दै हुनुहुन्थ्यो काउण्टरका संसार शाक्य, उहाँका दाजु सुदर्शन शाक्य र उहाँका कान्छा भाई सन्तोष मिलेर एकाएक कुटपिट गर्नु भयो । 

आरोपित शाक्य बन्धुहरु संग सम्पर्क राख्दा गाडीमा चढ्न ढिला गरेको र  मदिरा सेवन गरी मुख छाडेकोले सामन्य लछारपछार गरिएको बताए । त्यस प्रहरी चौकीका असई मुक्ति पुनले उहाँहरुले कुटेको होईन सामन्य भनाभन मात्रै भएको जिकिर गरे । 

संगै रहेका मुसिकोट ८ का वडाध्यक्ष नारायण सापकोटाले परियारलाइ निर्घात कुटेको देख्ने त्यति धेरै मान्छे हुँदाहुँदै पनि यहाँका असईले ढाँटेर एउटा कुटाई खाएको दलितलाई अन्यायमा पार्न मिल्छ ? भन्ने प्रतिकृया दिए ।  उनले भने –‘ यहाँ त अचम्म भयो जसले  गोँदाई खाएको छ उसैलाई पो प्रहरीले पक्रेर राखेको छ  । अहिले मिलौं भनिएको छ तर हामी अहिले मिल्न चाहन्नौ, मदिरा सेवन गरेको मान्छे छ भन्दैमा  कुटन–मार्न पाईन्छ र ? वडा नम्वर ७ का वडाध्यक्ष प्रकाश काफ्ले ,  वामीकै वासीन्दा रामबहादुर वोहरा लगायतले पनि यस घटनको घोर निन्दा गरेका छन् । 

‘अझै पनि समाजमा दलितहरुले गाउँका ठुला बडा पुँजीपतिहरु संग चर्को स्वरमा बोल्न पाईदैन भन्ने यो पछिल्लो उदाहरणका रुपमा हामीले लिएका छौं ,–‘काफ्ले सहित त्यहाँका जनप्रतिनिधीहरुले भने –‘मदिरा सेवन गरेको वाहनामा मान्छे कुट्न पाईन्छ ? 

उता कुटाईमा संलग्नको आरोप लागेका वामीका समाजसेवी सुदर्शन शाक्यले भने–‘  त्यसो भए आउनुहोस तपाईहरु र यहाँको जाँड रक्सी नियन्त्रण गरी दिनुहोस् ।  जाँड रक्सी नियन्त्रण मान्छे कुटेर हुन्छ र  ? भन्ने प्रश्नमा  उनले भने कुटिएको चाँही होईन लछार पछार चाँही गरिएको हो । वामीका भित्रि सडकहरुमा  २० वर्ष पुराना जिपहरु चलाएर स्थानियले खतरा मोल्दै आएको  बताईएको छ । 

स्मरण रहोस चोरी  र ठगी काण्डमा परेका  एक जना दलित युवा महेन्द्र बिकलाई त्यसै वामीमा दुई वर्ष अघि  बाँधेर कालोमोसो दलेर निर्घात कुटपिट हुँदा पनि त्यहाँका प्रहरीले सुरक्षा दिएको थिईन । कुनै पनि अपराधीलाई स्थानियले कानुन हातमा लिएर त्यसो गर्न पाईदैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस