४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोदाई खाने दलित नै प्रहरी कस्टडीमा, यसरी सुरु भयो कुटाई

१९ पुष २०७४, बुधबार १४:३५

प्रेम सुनार | पुस १९, गुल्मी । आज दिउँसो गुल्मीको मुसिकोट नगरपालि भित्र पर्ने वामीटक्सार वजारमा मदिरा सेवन गरी स्थानिय ठुला बढा संग मुखा लाग्ने एक दलितलाई कुटपिट गरी उनलाई नै प्रहरी कस्टडीमा राखिएको छ । मुसिकोट नगरपालिका वडा नम्वर ८ वामी मैदान निवासी वावुराम परियारले वामीटक्सार बजारका संसार शाक्य लगायतबाट कुटाई खाएका हुन् । 

 यसरी सुरु भयो कुटाई 

परियार माथी घर जानका लागि वामीटक्सार बजारको वसपार्कमा  दिउँसो जिपको टिकट काटेका थिए । साथमा उनकी छोरी सहित ६ जना थिए । साढे तिन वजे हिडनु पनेै जिप परियारले ढिला गरे पछि टिकट काउण्टरका सन्तोष शाक्य रिसले चुर हुँदै फोनमा वोलाई रहेका थिए । 

परियार ढिला गरी आए । शाक्यको हप्काई सहन नसके पछि उनले पनि  उनिको जस्तो शव्द हुन्छ त्यस्तै शव्दमा मुख छाड्न थाले  । परियारले भने–‘ के गरुँ त नास्ता गर्ने क्रममा ढिला भयो, ठिकै छ तपाईको गाडीमा नभए अरुको गाडीमा जाउँला ।’ त्यो भन्दै परियार छतमा राखेको आफ्नो समानहरु झिक्न थाले  । त्यस पछि सुरु भयो शाक्य बन्धुहरुकै शव्दमा उनि माथी लछारपछार । 

प्रत्यक्षदर्शीका अनुसार परियारलाई  निर्घात कुटेको देख्ने धेरै छन ् ।  प्रत्यक्षदर्शी भन्छन कुटपिट गरी सके पछि कुटपिट गर्नेहरुले नै मदिरा सेवन गरेको भन्दै   वामी प्रहरीलाई फोन गरेर उनै पिटाई खाने व्यक्तिलाई अहिले प्रहरी कस्टडीमा पुराईएको छ  । 

परियारकी २४ वर्षिया छोरी सिता परियारले भनिन–‘ वुवा र हामी होटलमा नास्ता गर्दै थियो । काण्टरबाट अत्ताउँदै हुनुहुन्थ्यो । पछि हामी काउण्टरमा आउँदा वुवालाई गाली गलौज गरियो । त्यस पछि वुवाले ठिकै छ अर्को गाडीमा जाउँला भनेर समान झिक्न के खोज्दै हुनुहुन्थ्यो काउण्टरका संसार शाक्य, उहाँका दाजु सुदर्शन शाक्य र उहाँका कान्छा भाई सन्तोष मिलेर एकाएक कुटपिट गर्नु भयो । 

आरोपित शाक्य बन्धुहरु संग सम्पर्क राख्दा गाडीमा चढ्न ढिला गरेको र  मदिरा सेवन गरी मुख छाडेकोले सामन्य लछारपछार गरिएको बताए । त्यस प्रहरी चौकीका असई मुक्ति पुनले उहाँहरुले कुटेको होईन सामन्य भनाभन मात्रै भएको जिकिर गरे । 

संगै रहेका मुसिकोट ८ का वडाध्यक्ष नारायण सापकोटाले परियारलाइ निर्घात कुटेको देख्ने त्यति धेरै मान्छे हुँदाहुँदै पनि यहाँका असईले ढाँटेर एउटा कुटाई खाएको दलितलाई अन्यायमा पार्न मिल्छ ? भन्ने प्रतिकृया दिए ।  उनले भने –‘ यहाँ त अचम्म भयो जसले  गोँदाई खाएको छ उसैलाई पो प्रहरीले पक्रेर राखेको छ  । अहिले मिलौं भनिएको छ तर हामी अहिले मिल्न चाहन्नौ, मदिरा सेवन गरेको मान्छे छ भन्दैमा  कुटन–मार्न पाईन्छ र ? वडा नम्वर ७ का वडाध्यक्ष प्रकाश काफ्ले ,  वामीकै वासीन्दा रामबहादुर वोहरा लगायतले पनि यस घटनको घोर निन्दा गरेका छन् । 

‘अझै पनि समाजमा दलितहरुले गाउँका ठुला बडा पुँजीपतिहरु संग चर्को स्वरमा बोल्न पाईदैन भन्ने यो पछिल्लो उदाहरणका रुपमा हामीले लिएका छौं ,–‘काफ्ले सहित त्यहाँका जनप्रतिनिधीहरुले भने –‘मदिरा सेवन गरेको वाहनामा मान्छे कुट्न पाईन्छ ? 

उता कुटाईमा संलग्नको आरोप लागेका वामीका समाजसेवी सुदर्शन शाक्यले भने–‘  त्यसो भए आउनुहोस तपाईहरु र यहाँको जाँड रक्सी नियन्त्रण गरी दिनुहोस् ।  जाँड रक्सी नियन्त्रण मान्छे कुटेर हुन्छ र  ? भन्ने प्रश्नमा  उनले भने कुटिएको चाँही होईन लछार पछार चाँही गरिएको हो । वामीका भित्रि सडकहरुमा  २० वर्ष पुराना जिपहरु चलाएर स्थानियले खतरा मोल्दै आएको  बताईएको छ । 

स्मरण रहोस चोरी  र ठगी काण्डमा परेका  एक जना दलित युवा महेन्द्र बिकलाई त्यसै वामीमा दुई वर्ष अघि  बाँधेर कालोमोसो दलेर निर्घात कुटपिट हुँदा पनि त्यहाँका प्रहरीले सुरक्षा दिएको थिईन । कुनै पनि अपराधीलाई स्थानियले कानुन हातमा लिएर त्यसो गर्न पाईदैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ