१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! गुडिरहेको मोटरसाइकलमा किन यसरी लाग्छ आगो

२२ पुष २०७४, शनिबार ०५:५६

पुस २२, काठमाडौँ (टिप्स) | हामीले केहि यस्ता घटनापनि भोगेको वा देखेको छौं जो अपत्यारिलो तर हाम्रो आफ्नै असावधानीको कारण निम्तन सक्छ ।

शुक्रबार राजधानीको पुरानो बसपार्कस्थित सडकमा गुडिरहेको एक मोटरसाइकलमा अचानक आगो लाग्यो । गुडिरहेको बा८३प ९२९८ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलबाट अचानक धुँवा आउन थालेपछि सडक किनारमा रोक्दा एक्कासी आगो दन्किएको चालक राजेन्द्र कँडेलले जानकारी दिए ।


एकाएक मोटरसाइकलमा आगो लागेपछि तत्काल दमकल आएर निभाएको थियो । आगो के कारणले लागेको हो भन्ने खुल्न नसके पनि यसरी आगो लाग्नुको कारणहरु बिबिध छन् । त्यसैले तल यसबारे जानकारी लिन सक्नुहुनेछ । 

गुडिरहेको मोटरसाइकलमा आगो लाग्न सक्ने बिभिन्न कारणहरु छन्:- 

१. मोटरसाइकलमा पेट्रोल लिकेज भएको छ भने आगो लाग्ने सम्भावना हुन्छ । लिकेज पेट्रोलको कारण मोटरसाइकल स्टार्ट गर्दा वा चलिरहेको अवस्थामा ब्याट्री सर्ट हुँदा मोटरसाइकलमा आगो लाग्न सक्छ । 

२. ब्याट्रीबाट आएको मेन वायरिङ तार एक ठाँउमा जोडियो भने वायरिङमा उच्च ताप उत्पन्न भएमा आफै आगो लाग्छ ।

३. कार्बोरेटरबाट तेल चुहिएको बेला सट सर्किट भएमा आगो लाग्न सक्छ ।

४. पेट्रोल र फायरिङ लिगेज एकैपटक भएको बेलामा बाइकमा एक्कासी आगो लाग्न सक्छ ।

एस्तो हुनबाट बच्न सावधानीनै मुख्य कुरा हो । यस्ता दुर्घटनाबाट बच्न गुणस्तरिय सामान प्रयोग गर्नु पर्छ भने बिना फ्युजको ब्याट्री, जलेको तार जस्ता सामग्री प्रयोग गर्नु हुँदैन । हरसम्भव मोटरसाइकल चढ्नु अघि कतैबाट पेट्रोल लिकेज भएको छ/छैन, फयरिङ लिगेज भएको छ कि छैन ध्यान दिनु पर्छ । यदी लिकेज छ भने तत्काल मर्मत गर्नु पर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक