१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जाजरकोटमा भाइरल ज्वरो: ९ को मृत्यु, ६ सय बढी बिरामी

२२ पुष २०७४, शनिबार ०६:२९

पुस २२, जाजरकोट । जाजरकोटको जुनीचाँदेमा फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । 

मृत्यु हुनेमा ५ बालबालिका समेत रहेका छन । अहिले ५ जनाको पुष्टि भएको छ । एक जना ९ दिनका बालक रहेका छन । जुनीचाँदे गाउँपालिका २ का ५७ वर्षीय आइती तिरुवा, ६५ वर्षीया धनसरा नाथ र ७५ बर्षका सतरुप शाहीको मृत्यु भएको छ । 


त्यस्तै सोही गाउँपालिका वडा नम्बर ३ का ६७ वर्षीय करसिंह टमटाको मृत्यु भएको जनस्वास्थ्य प्रमुख राम नेपालीले जानकारी दिए । एक साता देखि फैलिएको महामारीबाट बालबालिकाहरुमा १ महिनाका ४ जना र ४ वर्षको १ जनाको ज्यान गएको जनस्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । 

ज्वरो र रुघाखोकीको महामारीले जुनीचाँदेका ६ सय बढी गाँउलेहरु बिरामी परेका छन् । स्वाथ्य चौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिहंका अनुसार स्वाथ्यचौकीमा दैनिक ५०/६० जना भाइरलका बिरामी आउने गरेको बताए । 

 गाउँपालिका १ को जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाँउ, वडा नं २ को मजकोट, आलीमौगाना र वडा नं ३ का डाडाकोट र परालेमा भाइरल ज्वरो र रुघाखोकी प्रकोपको रुपमा देखापरेको छ । 

भौगोलिक विकटताका कारण स्वास्थ्य संस्था टाढा रहेको र स्वास्थ्य संस्थामा भरपर्दो उपचार नहुँदा समस्य भएको छ । बिरामी हुनेमा बढीजसो बालबालिका, बृद्धबृद्धा र महिला रहेका छन् । 

बिरामीहरुमा घाँटी दुख्ने, सुख्खा खोकी, टाउको दुख्ने, हातखुट्टा दुख्ने, चिटचिट पसिना आउने, ज्वरो आउने लगायतका समस्या देखिने गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक