२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मौसमविद् भन्छन्- ‘अझै चिसो बढ्छ’

२०७४, २२ पुष शनिबार ०९:५९

पुस २२, काठमाडौँ । न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । 

चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । आजको न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ । 

घटेर स्थिर रहेको तापक्रमकै कारण उपत्यकाको जनजीवनसमेत प्रभावित बनेको छ । उपत्यकाका फाँटमा बिहानीपख बाक्लो तुसारो पर्न थालेको छ । रातमा आकाश खुल्ला भएकै कारण केही दिन न्यूनतम तापक्रम स्थिर रहने बताइएको छ । 

मौसमी प्रणालीकै कारण न्यूनतम तापक्रम घटेकाले देशभर चिसो बढेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार अझै न्यूनतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने सम्भावना छ । आज पनि पूर्वदेखि पश्चिमसम्मको तराई भेगमा बाक्लो हुस्सु लागेको छ । पहाड र हिमाली क्षेत्रमा भने मौसम सफा रहेको छ । 

काठमाडौँको माइनस तीन डिग्री मापन रेकर्ड 

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमको विगतको अवस्थालाई हेर्दा अहिलेसम्म माइनस तीन डिग्रीभन्दा तल झरेको छैन । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार सन् १९९८ जनवरी ११ को दिन हालसम्मकै सबैभन्दा कम न्यूनतम तापक्रम माइनस तीन दशमलव पाँच डिग्रीसेल्सियस पुगेको थियो । 

अघिल्लो वर्ष सन् २०१७ को जनवरी १४ मा ० दशमलव ४ डिग्रिसेल्सियस तापक्रम रेकर्ड भएको थियो । विगतको अवस्थालाई हेर्दा यो पटक न्यूनतम तापक्रम अझै घट्ने मौसमविद् प्रधानाङ्गको भनाइ छ । 

महाशाखाका अनुसार काठमाडौँमा यही २० गते न्यूनतम एक दशमलव पाँच डिग्रीसेल्सियस रहेको थियो भने शुक्रबार र आज एक दशमलव छ आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम (माइनस) आठ दशमलव पाँच र सबैभन्दा बढी विराटनगरमा सात दशमलव सात डिग्रीसेल्सियस छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस