२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन नियन्त्रणमा आउन सकेन जाजरकोटमा भाइरल ?

२०७४, २६ पुष बुधबार ०३:४९

हेमन्त केसी/पुस २६, जाजरकोट । झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । 

भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरे पनि गाउँबाट बिरामी शिविरमा आउन नसक्दा उपचार कार्य प्रभावकारी हुन नसकेको हो । बिरामी गाउँमा छ्याप्छ्याप्ती भए पनि शिविर ल्याउनका लागि मानिस नहुँदा उपचार प्रभावकारी हुन सकेको छैन । 

एकै घरमा चारभन्दा बढी बिरामी हुनुका साथै जिल्लाबाट पाएको औषधिले काम नगर्दा मंगलबार सुईबाट दिने औषधि लिएर थप पाँचजना डाक्टरको टोली जुनीचाँदे गाउँपालिकातीर लागेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताउनुभयो । 

भाइरल प्रभावित क्षेत्रमा सक्रिय चिकित्सक डा पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका–३ रावलगाउँका ५४ वर्षीय लालबहादुर भण्डारीको ज्वरो र पखालाको कारण ज्यान गएको छ भने सोमबार जुनीचाँदे गाउँपालिका–२ मौगानका दुई महिनाका शिशुको भाइरलका कारण ज्यान गएको छ । यो सहित मृत्यु हुनेको संख्या १२ पुगेको छ । 

नमूना जाँचको लागि काठमाडौँ पठाइयो 

सोमबार मृत्यु भएका शिशुलाई कडा खालको भाइरल अर्थात एचवानएनवानको शंका लागेकाले खकार र सिँगान परीक्षणका लागि रोग नियन्त्रण महाशाखा, टेकु, काठमाडौँको प्रयोगशालामा पठाइएको उपचारमा खटिएका डा शाक्यले जानकारी दिनुभयो । 

परीक्षणबाट एचवानएनवान प्रमाणित भए गाउँमा भाइरलको महामारीको नै हुनसक्ने डा शाक्यले बताउनुभयो । जुनीचाँदे गाउँपालिकाको वडा नं १, २ र ३ लगायत अन्य वडा र बस्तीमा भाइरल फैलिएको छ । पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीमाथि कडारुपमा देखिएको भाइरल ज्वरोबाट अहिलेसम्म १२ जनाको ज्यान गइसकेको छ । रुघाखोकी, ज्वरो, टाउको दुख्ने, पखाला लाग्नेजस्ता लक्षण भाइरल पीडितमा देखिएको छ । 

नियन्त्रणमा हुन नसक्दा थप स्वास्थ्यकर्मी पठाइयो 

भाइरल प्रभावित गाउँमा जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र, गर्खाकोटबाट परिचालित चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको टोलीले रोग नियन्त्रणमा ल्याउन नसकेपछि मंगलबार फेरि जिल्ला अस्पतालबाट थप चिकित्सक र औषधि प्रभावित क्षेत्रमा पठाइएको छ । 

एकना चिकित्सकसहित दशजना स्वास्थ्यकर्मी, नेपाली सेनाका स्वास्थ्यकर्मीको टोलीले उपचारमा सहयोग गर्दा पनि प्रकोप नियन्त्रणमा आउन नसकेपछि जिल्ला अस्पताल, जाजरकोटका मेडिकल अधिकृत डा भूपेन्द्रप्रकाश मल्ल, नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकसहित अन्य स्वास्थ्यकर्मीको समूह औषधिसहित प्रभावित क्षेत्रमा हिँडेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो । उहाँले गाउँमा भाइरल प्रभावितको संख्या बढ्दो भएकाले जिल्ला अस्पतालबाट थप औषधि र चिकित्सकको टोली मगाइएको बताउनुभयो । 

जिल्ला अस्पताल, जाजरकोटका निमित्त प्रमुखसमेत रहेका डाक्टर भूपेन्द्रप्रकाश मल्लले गाउँमा भाइरलको प्रकोप बढ्दै गएका कारण आफू गाउँमा बिरामीको उपचारका लागि हिँडेको बताउनुभयो । 

अन्य ठाउँमा सर्दैछ भाइरल 

उपचारमा खटिएका स्वास्थ्यकर्मीका अनुसार जिल्लाको दुर्गम तथा विकट जुनीचाँदे गाउँपालिकाको वडा नं २ र ३ मा शुरुमा देखिएको भाइरलको प्रकोप अहिले अन्य क्षेत्रमा पनि सर्दै गएको छ । 

स्वास्थ्यकर्मीका अनुसार अहिलेसम्म ७०० भन्दा बढीको उपचार गरिसकिएको छ र अझै दुई हजारभन्दा बढी बिरामीको उपचार गर्न बाँकी छ । गाउँ गाउँमा जान नसकिएका कारण र सामान्य खालको औषधिले काम नगर्दा उपचारमा चुनौती थपिएको स्वास्थ्य प्रमुख नेपालीले बताउनुभयो । 

भाइरल प्रभावित क्षेत्रमा रहेका अधिकांश विद्यालय बन्द गरिएको छ । चिसोका कारण उपचारमा निकै समस्या थपिएको नेपालीले बताउनुभयो । एक गाउँबाट अर्को गाउँमा जाँदा घण्टौँ लाग्दा उपचारमा समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् । खानपानमा समेत ध्यान दिन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस