१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जोखिमयुक्त वस्तीका पीडितको स्थानान्तरण शुरु

२६ पुष २०७४, बुधबार ११:३४

 पुस २६, काठमाडौँ,(रासस) ः भूकम्पले सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको सिन्धुपाल्चोकमा जोखिमयुक्त वस्तीको स्थानान्तरण कार्य शुरु भएको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पहलमा जिल्लामा पहिलो पटक १८ जना लाभग्राहीका लागि रु दुई लाखका दरले अनुदान दिएर सुरक्षित स्थानमा घडेरी खरिद गर्न लगाएको प्राधिकरणका कार्यकारी सदस्य धु्रवप्रसाद शर्माले बताउनुभयो । 

प्राधिकरणको अगुवाई र जिल्ला प्रशासन कार्यालयको समन्वयमा जोखिमयुक्त बस्तीको रुपमा पहिचान भएको साविकको गाती गाविसका १८ घरधुरीलाई बाह्रबिसे नगरपालिका वडा नं–३ मा स्थानान्तरण गर्न जग्गा व्यवस्थापन गरिएको हो । 

सरकारले दिएको प्रतिपरिवार रु दुई लाख अनुदानमा लाभग्राहीले रकम थप गरी कम्तीमा साढे दुई आनादेखि ८ आनासम्म घडेरी खरिद गरेका छन् । 

जोखिमयुक्त बस्ती पहिचान भएका लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा किन्न प्रतिघर रु दुई लाख सरकारले अनुदान दिँदै आएको छ । जोखिमयुक्त वस्तीका पीडितले निजी आवास पुनःनिर्माण गर्न पनि रु ३ लाख पाउँछन् । 

जोखिमयुक्त लाभग्राहीका रुपमा पहिचान भई थप रु दुई लाख अनुदान पाई जग्गा खरिद गरेकाले १० वर्षसम्म घडेरी बेचबिखन गर्न पाइँदैन । तीन महिनाभित्र भूकम्प प्रतिरोधी मापदण्ड अनुसार घर पुनःनिर्माण गर्ने शर्तमा सरकारी अुनदान दिएर जग्गा हस्तान्तरण गरिएको प्राधिकरणका सचिव मधुसूदन अधिकारीले बताउनुभयो । 

जोखिमयुक्त बस्ती स्थानान्तरणको प्रक्रियालाई अघि बढाउन कार्यकारी समिति सदस्य शर्मा, प्राधिकरणका सचिव अधिकारीसहितको टोली केही दिनदेखि सिन्धुपाल्चोकमा खटिएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणको पहलमा यसअघि नुवाकोट, धादिङ, रसुवामा पनि जोखिमयुक्त वस्तीका लाभग्राहीलाई सुरक्षित स्थानमा सार्न जग्गा व्यवस्थापन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन