२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वडिआइजी सिलवाल फेला परेनन्

२०७४, २७ पुष बिहीबार ०१:५१

पुस २७, काठमाडौं | कार्यसम्पादन फारम किर्तेमा जोडिएका पूर्वडिआइजी नवराज सिलवाललाई फेला पार्न नसकिएको जानकारी ललितपुर प्रहरीले महानगरीय प्रहरी परिसर, काठमाडौंलाई गराएको छ । 

महानगरीय प्रहरी परिसर, काठमाडौंले कार्यसम्पादन फारम किर्तेमा जोडिएका सिलवाललाई उपस्थित गराउनू भन्दै ललितपुर प्रहरीलाई एक साताअघि पत्र पठाएको थियो ।बुधबार सोही पत्रको जवाफ दिदैं महानगरीय प्रहरी परिसर, ललितपुरले सिलवाललाई फेला पार्न नसकिएको जानकारी गराएको हो ।

सर्वोच्च अदालतको आदेशअनुसार पुस ५ मा आरोपित नखुलाई सरकारी दस्तखत छाप किर्तेमा जाहेरी दर्ता गरिएको थियो । सोही जाहेरी आधारमा महानगरीय प्रहरी परिसर, काठमाडौंले पुस १८ मा सिलवाललाई उपस्थित गराउनू भन्दै ललितपुर प्रहरीलाई पत्र पठाएको थियो।

सरकारी दस्तखत छाप कीर्ते अनुसन्धानका क्रममा सिलवालसँग पनि बुझ्नुपर्ने भएको भन्दै उनलाई नियन्त्रणमा लिइ बुझाउन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीलाई पत्र पठाएको थियो।

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिलवालको स्थायी ठेगाना ललितपुर रहेकाले काठमाडौं प्रहरीले उनको ठेगाना खुलाएर उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्र पठाएको थियो ।

ललितपुर प्रहरीले पत्रमा उल्लेख गरिएको ठेगानामा सिलवाल नभेटिएको प्रतिउत्तर लेखेर पठाएको स्रोतले बतायो । काठमाडौं प्रहरीले पत्र काटेपछि सिलवाल आफ्नो निवासमा छैनन्। सिलवालले आफू कार्यक्रमको सिलसिलामा आफू मलेसिया पुगेको दाबी गरेका छन्। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रेकर्डमा सिलवाल देश बाहिर गएको देखिदैन। - नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस