१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वडिआइजी सिलवाल फेला परेनन्

२७ पुष २०७४, बिहीबार ०१:५१

पुस २७, काठमाडौं | कार्यसम्पादन फारम किर्तेमा जोडिएका पूर्वडिआइजी नवराज सिलवाललाई फेला पार्न नसकिएको जानकारी ललितपुर प्रहरीले महानगरीय प्रहरी परिसर, काठमाडौंलाई गराएको छ । 

महानगरीय प्रहरी परिसर, काठमाडौंले कार्यसम्पादन फारम किर्तेमा जोडिएका सिलवाललाई उपस्थित गराउनू भन्दै ललितपुर प्रहरीलाई एक साताअघि पत्र पठाएको थियो ।बुधबार सोही पत्रको जवाफ दिदैं महानगरीय प्रहरी परिसर, ललितपुरले सिलवाललाई फेला पार्न नसकिएको जानकारी गराएको हो ।

सर्वोच्च अदालतको आदेशअनुसार पुस ५ मा आरोपित नखुलाई सरकारी दस्तखत छाप किर्तेमा जाहेरी दर्ता गरिएको थियो । सोही जाहेरी आधारमा महानगरीय प्रहरी परिसर, काठमाडौंले पुस १८ मा सिलवाललाई उपस्थित गराउनू भन्दै ललितपुर प्रहरीलाई पत्र पठाएको थियो।

सरकारी दस्तखत छाप कीर्ते अनुसन्धानका क्रममा सिलवालसँग पनि बुझ्नुपर्ने भएको भन्दै उनलाई नियन्त्रणमा लिइ बुझाउन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीलाई पत्र पठाएको थियो।

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिलवालको स्थायी ठेगाना ललितपुर रहेकाले काठमाडौं प्रहरीले उनको ठेगाना खुलाएर उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्र पठाएको थियो ।

ललितपुर प्रहरीले पत्रमा उल्लेख गरिएको ठेगानामा सिलवाल नभेटिएको प्रतिउत्तर लेखेर पठाएको स्रोतले बतायो । काठमाडौं प्रहरीले पत्र काटेपछि सिलवाल आफ्नो निवासमा छैनन्। सिलवालले आफू कार्यक्रमको सिलसिलामा आफू मलेसिया पुगेको दाबी गरेका छन्। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रेकर्डमा सिलवाल देश बाहिर गएको देखिदैन। - नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन