२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिट चोर्नै नपर्ने खुला किताबी परीक्षाको अवधारणा

२०७४, २७ पुष बिहीबार ०८:२८

प्रकाश सिलवाल  पुस २७, काठमाडौँ, (रासस) | आफूले पढेका कुरा परीक्षा दिने बेलामा बिर्सन्छु कि भनेर त्रस्त हुने प्रवृत्ति आम विद्यार्थीमा हुन्छ । परीक्षामा प्रश्न गाह्रो लागेमा चिट चोर्ने, अरूको सार्र्ने वा सोधेर उत्तर दिन विद्यार्थीले प्रयास गरिरहेका हुन्छन् । 

विद्यार्थीको यस्तो त्रास अन्त्यका लागि उच्चस्तरीय शिक्षा आयोगले खुला किताबी परीक्षाको अवधारणा अघि सारेको छ । नेपालमा माध्यमिक शिक्षा परीक्षा वा विश्वविद्यालयका परीक्षा मर्यादित बनाउन परीक्षा नियन्त्रण कार्यलयले हरेक वर्ष कडाइका साथ आचारसंहिता ल्याउनु परेको सन्दर्भमा यो अवधारणा एक विकल्प हुन सक्ने मानिएको छ । चिट नचोरे पनि घोकेका आधारमा दिइने परीक्षाका विद्यार्थी नतिजामा मेधावी देखिए पनि वास्तविक जीवनमा सक्षम नहुनु शिक्षाको गुणस्तर अभाव नै कारक मानिँदै आएको छ । 

आयोगका विज्ञ समूहका सदस्य डा विद्यानाथ कोइाराला भन्नुहुन्छ, “परियोजना कार्यका रुपमा यो पद्धतिलाई विकास गर्न विद्यार्थीलाई पुस्तकालयमा पठाएर कुनै समस्या समाधानका लागि कुन कुन पुस्तकमा के पाइयो र आफ्नो निष्कर्ष के हो भन्ने उत्तर मगाउन सकिन्छ । यो विद्यमान पद्धतिभन्दा फरक छ ।” यो पद्धतिअन्तर्गत विद्यार्थीलाई उत्तर खोज्ने कला, प्रस्तुति, सीप आदि विषयमा नम्बर दिन सकिनेछ । 

पश्चिमा मुलुकमा औपचारिक शिक्षामा लागू भइरहेको खुला किताबी परीक्षा पद्धति नेपालमा पनि गुरुकुलीय शिक्षाकालमा अप्रत्यक्षरुपमा कार्यान्वयनमा रहेको उहाँको तर्क छ । कुनै शिक्षक वा अभिभावकले विद्यार्थीलाई एउटा भेडा बेचेर नुन किनेर ल्याऊ भनेर पठाउँदा विद्यार्थीले त्यसका लागि गर्ने मिहेनत र त्यसबीचमा उसले पाउने ज्ञान नै उसका लागि परीक्षा हुने सदस्य डा कोइारालाको भनाइ छ । शिक्षालाई व्यावहारिक र वैज्ञानिक बनाउन खुला किताबी परीक्षाको प्रबन्धका लागि आयोगको प्रारम्भिक प्रतिवेदनको सिफारिशमा समावेश गरिएको उहाँ बताउनुहुन्छ । 


प्रतिवेदनमा ‘परीक्षा मर्यादित बनाउन खुला किताबी परीक्षा गर्ने गराउने प्रबन्ध गरिनुपर्छ । चोरीलाई मर्यादित चोरीमा बदल्न विद्यार्थीलाई भर्ना हुनासाथ अनिवार्य रुपले उद्धरण लेख्ने तथा प्यारफ्रेज गर्ने तरिका सिकाउनुपर्छ’ भनिएको छ । हाल नेपालमा पनि ए लेभल शिक्षा र चार्टर एकाउन्टेन्सको विषयमा यस्तो परीक्षा प्रणाली अपनाइएको छ भने निजी विद्यालयले पनि आन्तरिक परीक्षामा परियोजना कार्यको अभ्यास गराएको देखिन्छ । 


परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतम त्यस्तो परीक्षा पद्धति लागू गर्न सुझाव आउनु सामयिक भएको बताउनुहुन्छ । यसले परीक्षाको जनशक्ति र खर्च व्यवस्थापनलाई पनि सकारात्मक प्रभाव पार्ने उहाँ बताउनुहुन्छ । 


निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन)का महासचिव सुवास न्यौपाने पनि आयोगको उक्त सुझावलाई कार्यान्वयनमा ल्याउन सकिने जनाउनुहुन्छ । आयोगको प्रारम्भिक प्रतिवेदनमा आफूहरुको योगदानलाई अवमूल्यन गरिएको भन्दै निजी क्षेत्रका प्रतिनिधिले परिमार्जनको माग गरेका छन् । 


उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा गत भदौ १९ गते मन्त्रिपरिषद्बाट गठित सो ६५ सदस्यीय आयोगको कार्यावधि आउँदो माघ १९ सम्म छ । प्रारम्भिक बाल विकासदेखि विश्वविद्यालय शिक्षासम्मको पाठ्यक्रम परिवर्तन र सुधारका विषय समेट्न आयोगको भदौ ३० को पहिलो बैठकले गठन गरेको विज्ञ समूहले यही पुस ४ मा बुझाएको प्रारम्भिक प्रतिवेदनमाथि बुधबारको दोस्रो बैठकमा छलफल भई थप सुझाव संकलन गरी अन्तिम रुप दिने निर्णय भएको छ । 

––– 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस