१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई अर्ब बढीको म्युचुअल फण्डको कारोबार हुँदै

१ माघ २०७४, सोमबार १०:५४

माघ १,  काठमाडौँ | नेपालको पुँजी बजारमा नयाँ नयाँ अवसर तथा लगानीका स्रोतको पहिचान हुँदै गरेको सन्दर्भमा म्युचुअल फण्डमा एकपछि अर्को गर्दै आकर्षण बढ्दै गएको छ । 

पुँजी बजारमा लगातार विभिन्न बैंक तथा वित्तीय कम्पनीका सहायक कम्पनीले म्युचुअल फण्डको बिक्री गर्ने क्रम बढ्दै गएको सन्दर्भमा मंगलबारदेखि दुई महत्वपूर्ण कम्पनीको म्युचुअल फण्डको बिक्री शुरु हुने भएको छ । 

ती दुई कम्पनीको रु दुई अर्ब बराबरको म्युचुअल फण्डको बिक्री शुरु हुनेछ । नेपाल स्टक एक्सचेन्जमा हाल कूल ११ कम्पनीका त्यस्ता फण्डको कारोबार भइरहेको छ । पछिल्लोपटक सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएल क्यापिटलले रु एक अर्ब बराबरको सामूहिक लगानी कोषको इकार्ई बिक्री गर्ने भएको छ । 

सो क्यापिटलले रु १० प्रतिइकाईका दरले १० करोड इकाई बिक्री गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र बाँकी आठ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन खुल्ला गरेको हो । 

कम्पनीका अनुसार प्रतिइकाई रु १० का दरले न्यूनतम १०० इकाई अर्थात् रु १०० र अधिकतम २० लाख इकाई अर्थात् रु दुई करोड बराबरको आवेदन दिन सकिनेछ । क्यापिटलले ल्याएको सातवर्षे बन्दमुखी यो सामूहिक लगानीकोषमा आगामी माघ २ गतेदेखि छिटोमा माघ ७ र ढिलोमा माघ १७ सम्म आवेदन दिन सकिने जनाइएको छ । 

एनआइसी एशिया क्यापिटलले व्यवस्थापन गरेको एनआइसी एशिया ग्रोथ फण्डको बिक्रीसमेत मंगलबारदेखि शुरु हुने भएको छ । एनआइसी एशिया क्यापिटल म्युचुअल फण्डको आकार रु एक अर्ब बराबरको छ । जसमध्ये १५ प्रतिशत कोष प्रवद्र्धक एनआइसी एशिया बैंकलाई सुरक्षित गरिएको छ । 

बाँकी रहेको आठ करोड ५० लाख इकाई विभिन्न संघसंस्था तथा व्यक्तिका लागि बिक्री गरिनेछ । यो योजना छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गते सम्म बिक्री गरिनेछ । यो म्युचुअल फण्डमा सहभागी हुन चाहने संघसंस्था तथा व्यक्तिले न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईसम्म खरिद गर्न सक्नेछन् । उक्त म्युचुअल फण्डले औसत वार्षिक न्यूनतम १६ प्रतिशतसम्म नगद लाभांश दिने विश्वास दिलाएको छ । 

उक्त म्युचुअल फण्डको वार्षिक प्रतिफल पहिलो वर्ष १५.५७ तथा साताँै वर्षमा १६.१३ प्रतिशत दिने लक्ष्य लिएको कम्पनीले जनाएको छ । (रासस) 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने