2026-08-31 02:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणगढ–मुग्लिन सडक राति ६ घण्टा बन्द हुने

माघ ३, चितवन ।  चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः रातिमा ६ घण्टा बन्द हुने भएको छ । 

माघेसङ्क्रान्ति पर्वका कारण चार दिन खुला गरिएको उक्त सडक आजदेखि पुनः राति १० देखि ४ बजेसम्म बन्द रहने नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिनुभयो । 

यसअघि देवघाटको माघी मेलालाई ध्यानमा राखेर पुस २९ देखि माघ २ गतेसम्म चार दिनका लागि उक्त सडक खुला गरिएको थियो । “आज राति १० बजेदेखि बन्द गरेर भित्तो काट्ने काम शुरु हुने भएकाले सो समय नपर्नेे गरी समय मिलाएर हिँड्न सवारी चालकलाई आग्रह गर्दछु”, यादवले भन्नुभयो, “मिलेसम्म वैकल्पिक मार्गको प्रयोग गर्न अपिल गर्छु ।” 

यसअघि यही पुस १८ देखि राति १० बजेबाट ४ बजेसम्म ६ घण्टा सवारी आवागमन बन्द गरेर भित्तो काट्ने काम भइरहेको थियो । आयोजनाले रातिमा काम प्रभावकारी नभएको भन्दै परिमार्जन गर्नुपर्ने आवश्यकता भएको बताएको छ । 

चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले अर्काे निर्णय नभएसम्मका लागि रातिको ६ घण्टा सडक रोकेर काम गरिने बताउनुभयो । 

गाडी बिग्रने, ओभरटेक गर्ने र निर्माण कार्यले कतैकतै एकतर्फी सडक चल्दा जाम बढ्ने गरेको छ । उक्त सडकको ३४ किलोमिटर क्षेत्रको सडक विस्तार कार्य जारी छ । दुई पटक म्याद थप्दा पनि अहिलेसम्म ७० प्रतिशत मात्रै काम पूरा भएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो