१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अव्यवस्थित तार व्यवस्थापन गर्दै कामपा

४ माघ २०७४, बिहीबार १०:१५

माघ ४ काठमाडौँ  | काठमाडौँ महानगरपालिकाले सडकमा रहेको जथाभावी तार व्यवथापनको काम तीव्र बनाएको छ । 

आज बिहान त्रिपुरेश्वर चोकबाट दुई गाडी अव्यवस्थित तार संकलन गरेको कामपा वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो “सार्वजनिक बिदाको दिन पनि काम गरेका छौँ काम गर्ने थोरै, बिगार्ने धेरै भएपछि सकारात्मक प्रभाव देखिँदैन त्यसका लागि सबै जिम्मेवार हुनुपर्यो ।” संकलन गरिएको तारमध्ये सबैभन्दा बढी संकलित तारमा इन्टरनेट, केबल सेवा प्रदायकका तार र टेलिफोनका तार बढी छ । संकलित तार टेकुमा राखिएको छ । 

सुरक्षाको दृष्टिकोणले जोखिम बनेका भुईंमा लतारिएको तार, प्रयोग नगरिएका तारले थप समस्या निम्त्याउने भएकाले तिनको व्यवस्थापन गर्नु अत्यावश्यक भएको प्रमुख नगर प्रहरी निरीक्षक थापाले भन्नुभयो । 

धुलो संकलन गर्ने, गैरकानूनीरूपले फोहर फाल्नेलाई निगरानी गर्ने, सडक विस्तारका क्रममा छरपष्ट भएका तार बटुल्ने, अव्यवस्थित तार आफैँ काट्ने वा अन्य निकायले काटेका तार व्यवस्थापन गर्ने अहिलेको नियमित काम भएको उहाँले जानकारी दिनुभयो । 

सडक विस्तारका क्रममा हालसम्मा कामपाले ३० गाडी बराबरको तार व्यवस्थापन गरिसकेकोे र अब छिट्टै सबै स्थानका अव्यवस्थित तार संकलन गरिने बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार