१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रंगमञ्चमा पहिलोपटक संस्कृत नाटक मञ्चन

८ माघ २०७४, सोमबार ०७:४७

माघ ८,  काठमाडौँ | सरस्वती पूजाको अवसर पारेर रंगमञ्चमा पहिलो पटक संस्कृत नाटक प्रदर्शन शुरु भएको छ । 

श्रीपञ्चमीका अवसरमा श्री कान्तिभैरव गुरुकुल, गोकर्णेश्वर नगरपालिका–४ का विद्यार्थीले ‘तमसो ज्योतिषि’ अर्थात् अन्धकारबाट उज्यालोतिर प्रस्थान नाटक आइतबार बेलुकीदेखि प्रदर्शन शुरु गरेका हुन् । 

गुरुकुलको सहयोगका लागि सामाजिक विषय वस्तुमा आधारित नाटक मञ्चन शुरु गरिएको हो । नाटकको शुरुवात गर्नुहुँदै भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले लोपोन्मुख भाषाको संरक्षणमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । आयोगले भाषा सुधारका लागि काम गरिरहेको उहाँले जानकारी दिनुभयो । 

जयतु संस्कृतम्का अध्यक्ष डा बद्री पोखरेलले कुनै पनि कृतिलाई पढ्नभन्दा अभिनयका माध्यमबाट रंगमञ्चमा हेर्दा त्यसको सन्देश बुझिने विचार राख्नुभयो । गुरुकुल सञ्चालक समितिका अध्यक्ष प्रा डा ऋषिराम पोखरेलले संस्कृत भाषाका नाटक प्रदर्शनलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो । 

नाटक मंगलबारसम्म सर्वनाम थिएटर कालिकास्थानमा प्रदर्शन गरिने गुरुकुलका आचार्य सह प्रा डा श्रीराम अधिकारीले जानकारी दिनुभयो । गुरुकुलले यसअघि विसं २०७१ चैतमा वाल्मीकि विद्यापीठको चौरमा तयार पारिएको रंगमञ्चमा ‘स त्वम् अहम्’ अर्थात् ‘त्यो, तिमी र म’ शीर्षकको नाटक देखाएको थियो । नाटकमा दर्शकको सहभागिता बढेपछि यसपटक रंगमञ्चमै संस्कृत नाटक देखाइएको हो । 

नाटक त्रिभुवन विश्वविद्यालय संस्कृत अध्ययन संस्थानका पूर्व डीन स्व तोयनाथ पाण्डेयले लेख्नुभएको हो । नाटकको निर्देशन ‘गुरुदक्षिणा’ र ‘रागविरागम्’ जस्ता संस्कृत भाषाकै टेलिचलचित्रको निर्देशन गर्नुभएका डा घनश्याम खतिवडाले गर्नुभएको छ । 

आइतबार बेलुकी ४ बजेदेखि ६ बजेसम्म देखाइएको नाटक श्रीपञ्चमीका अवसरमा आज विद्यार्थीका लागि अतिरिक्त प्रदर्शनस्वरुप दिउँसो १ बजेदेखि ३ बजेसम्म पनि देखाइनेछ । रु १०० देखि रु एक हजारसम्मको टिकट लिएका दर्शकको नाटक हेर्न भीड लाग्ने गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार