२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपतिमा दाहसंस्कारका लागि वार्षिक बीस लाख केजी दाउरा खपत

२०७४, ८ माघ सोमबार ०८:२६

अच्युत रेग्मी /माघ ८, काठमाडौँ  | पशुपति आर्यघाटमा दाहसंस्कार गर्न वार्षिक २० लाख किलोग्रामको हाराहारी दाउरा खपत हुने गरेको छ । 

मृतकको दाहसंस्कार गर्न दाउरा उपलब्ध गराउँदै आएको द टिम्बर कर्पोरेशन अफ नेपालले दिएको जानकारीअनुसार झण्डै वार्षिक रु दुई करोड मूल्यबराबरको दाउरा खपत हुँदै आएको हो । 

टिम्बरले चुरे क्षेत्रका काठ काट्दा निस्केको दाउरा पशुपतिको दाहसंस्कारमा प्रयोग गरिन्छ । कर्पोरेशनका महाप्रबन्धक राजु लौडारी मासिक झण्डै एक लाख ७० हजारदेखि दुई लाख केजीसम्म दाउरा खपत हुने बताउनहुन्छ । “जाडो याममा मानिस धेरै मर्ने भएकाले त्यो समयमा धेरै दाउरा खपत हुन्छ,” – उहाँ भन्नुहुन्छ । 

कर्पोरेशनले दाहसंस्कारका लागि सहुलियत दरमा दाउरा उपलब्ध गराउँदै आएको छ । धार्मिक र अन्य प्रयोजनका लागि प्रतिकिलो रु १३ का लागि दाउरा उपलब्ध गराउँदै आएको कर्पोरेशनले दाहसंस्कारका लागि भने प्रतिकिलो रु १० मा दाउरा उपलब्ध गराउँदै आएको हो । 

कर्पोरेशनले दिएको जानकारीअनुसार आव २०७१÷७२ मा २२ लाख ७२ हजार, आव २०७२÷७३ मा २८ लाख १५ हजार ४०० र आव २०७३÷७४ मा १६ लाख ८८ हजार ४०० केजी दाउरा खपत भएको छ । 

यो आवको साउनमा एक लाख ८० हजार ८८२, भदौ एक लाख ४५ हजार ८८३, असोज एक लाख ८१ हजार १३०, कात्तिक एक लाख ७९ हजार १८०, मंसिर दुई लाख ४७ हजार ६२० र पुसमा दुई लाख २२ हजार २५० केजी दाउरा खपत भएको कर्पोरेशनले जनाएको छ । “विद्युतीय शवदाह गृहको प्रयोगका कारण पछिल्लो आवमा पहिलेको तुलनामा कम दाउरा खपत भएको छ,”– महाप्रबन्धक लौडारी भन्नुहुन्छ । 

दाहसंस्कारका लागि प्रयोग हुने दाउरा केही व्यक्तिले धार्मिक प्रयोजनका लागि समेत लाने गरेका छन् । एक मृतकको दाहसंस्कारका लागि सामान्य २५० देखि ३०० केजी दाउरा खपत हुँदै आएको छ । मानिसको साइजअनुसार कसै कसैलाई ३५० देखि ४०० केजीे लाग्ने गरेको छ । पशुपतिको विशिष्ट दाहसंस्कार कक्षमा भने अनिवार्य रुपमा ३०० केजी दाउरा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । 

पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक राजुकुमार रेग्मी पशुपतिमा मासिक ८०० को हाराहारीमा लास दाहसंस्कारका लागि आउने गरेको बताउनुहुन्छ । “दाहसंस्कारका लागि आएका लासमध्ये आधाजसो विद्युतीय शवदाह गृहमा जलाइने गरेको छ,”– उहाँ भन्नुहुन्छ । 

विसं २०७२ माघ १० देखि सञ्चालनमा आएको विद्युतीय शवदाह गृहमा दैनिक १२ देखि १५ लास दाहसंस्कार हुने गरेको उपनिर्देशक रेग्मी बताउनुहुन्छ । विद्युतीय शवदाह गृहको प्रयोगसँगै मासिक एक लाख २० हजार केजी दाउरा बचत हुँदै आएको छ । दुईवटा शवदाह गृह रहेको वनकालीमा पालोपालो दाहसंस्कारको व्यवस्था मिलाइएको कोषले जनाएको छ । 

विद्युतीय शवदाह गृहमा एउटा लास पोल्न ४५ मिनेटदेखि एक घण्टासम्म र दाउरामा दुईदेखि तीन घण्टा लाग्ने गरेको छ । विद्युतीय शवदाह गृहको माग बढेसँगै कोषले एक मेशिन थप गर्न लागेको उपनिर्देशक रेग्मीले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण