२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली र कोरियालीका चित्र प्रदर्शनीमा

२०७४, ९ माघ मंगलवार १०:४४

माघ ९,  काठमाडौँ | नेपाल र गणतन्त्र कोरियाका करिब ३५ कलाकारका कलाकृति नेपाल कला परिषद्मा प्रदर्शनीमा राखिएको छ । 

संस्कृति आदानप्रदान गर्ने उद्देश्य राखेर दुवै देशका १९–१९ कलाकारका कला प्रदर्शनीमा छन् । शनिबारदेखि शुरू भएको प्रदर्शनी ‘इन्टररिफ्लेक्सन’को उद्घाटन शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले गर्दै नेपालको परिवर्तनलाई संस्थागत गर्न दक्षिण कोरियाले सघाओस् भन्ने अपेक्षा गर्नुभयो । 

कलाकार तथा कला लेखक मदन चित्रकारले नेपाली कलाकारले समसामयिक सन्दर्भलाई सटिक र आकर्षक रुपमा प्रस्तुत गर्न सफल भएको बताउनुभयो । 

कोरियाली प्रा इम गुन उले काठमाडौँमा रहँदा कला प्रदर्शनी र गोष्ठी पनि आयोजना गरिने जानकारी दिनुभयो । 

प्रदर्शनीमा शशी शाह, वीरेन्द्रप्रताप सिंह, गोविन्द डंगोल, जीवन राजोपाध्याय, देवेन्द्र थुम्केली, मुकेश श्रेष्ठ, वरुण पोखरेल, प्रवीण श्रेष्ठ, प्रदीप अधिकारी, भूफान लिम्बू, विक्कुकुमार थापा, मन गुरुङ, मुना भँडेल, नरबहादुर विक, नेमबहादुर तामाङ, पाकबहादुर थापा, प्रभात श्रेष्ठ, उमेश साहलगायतका चित्र राखिएका छन् । 

त्यसैगरी कोरियाबाट ली जे साङ, किम उन क्यू, ली क्वान उ, छो सङ यङ, ए रियोङलगायतका चित्र राखिएका छन् । प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट