२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव अधिकार उल्लंघनका घटनालाई संक्रमणकालीन न्यायमार्फत सम्बोधन गर्नुपर्नेमा जोड

९ माघ २०७४, मंगलवार १२:१४

माघ ९, काठमाडौँ | द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लंघनका घटनालाई विश्वसनीय संक्रमणकालीन न्याय प्रक्रियामार्फत सम्बोधन गर्नुपर्नेमा नेपालस्थित कूटनीतिक समुदाय र मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । 

दोस्रो विश्व युद्धका बेला मारिएका दशौँ लाख यहुदीको सम्झनामा होलोकोष्ट स्मृतिका सन्दर्भमा यहाँस्थित संयुक्त राष्ट्र«संघ, युरोपेली संघ, जर्मनी तथा इजरायलद्घारा संयुक्तरुपमा काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले होलोकोष्ट स्मृति दिवसले विगतका आमसंहारलाई पुनर्ताजगी गरेको बताउनुभयो । 

नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड शेफरले इतिहासमा भएको दुःखद् घटना जर्मनीका लागि लज्जास्पद भएको उल्लेख गर्नुभयो । 

क्याम्बोडिया, रुवाण्डा, बोस्नीया, डार्फरसहित जर्मनीमा भएका त्यसबेलाका आमसंहारमा मारिएकाको सम्झनामा सन् २००५ मा संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष जनवरी २७ लाई होलोकोष्ट स्मृति दिवसको रुपमा मनाउँदै आएको छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल