२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संस्कृत नरहे संस्कृति बच्दैन: शताब्दी पुरुष

२०७४, १० माघ बुधबार ०९:२८

पूर्णप्रसाद मिश्र / माघ १०, काठमाडौँ | नेपाली भाषाको नाटकमा रसस्वादन गरिरहेका दर्शक संस्कृत भाषाको नाटकमा पनि त्यत्तिकै मोहित बन्न थालेका छन् । 

सरस्वती पूजाको अवसर पारेर रंगमञ्चमा पहिलो पटक मञ्चित ‘तमसो ज्योतिषि’ अर्थात् अन्धकारबाट उज्यालोतिर प्रस्थान नाटक प्रदर्शनका क्रममा दर्शकले जीवन्त संस्कृत भाषाको नाटक हेर्ने मौका पाएका हुन् । 

श्रीपञ्चमीका अवसरमा श्री कान्तिभैरव गुरुकुल, गोकर्णेश्वर नगरपालिका वडा नं –४ का विद्यार्थीले सो शीर्षकको नाटक यही माघ सात देखि ९ गते प्रदर्शन गरेका हुन् । गुरुकुल सञ्चालनका लागि आर्थिक सहयोग जुटाउन सामाजिक विषय वस्तुमा आधारित नाटक प्रदर्शन गरिएको अध्यक्ष प्रा डा ऋषिराम पोखरेलले जानकारी दिनुभयो । 

नाटक प्रदर्शनबाट खर्च कटाएर रु एक लाख बचत भएको उहाँले बताउनुभयो । यो रकम माध्यमिक तह सञ्चालनको अनुमति पाएको गुरुकुलका ५० बटुकको आवासीय सुविधा सहितको अध्ययन अध्यापनमा लगानी गरिने जनाइएको छ । 

संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीले संस्कृत भाषा नरहे नेपाली संस्कृति पनि लोप हुँदै जाने बताउनुभयो । “लिच्छविकालका संस्कृतका धेरै शिलालेख अहिले पनि सुरक्षित छन्, कति शिलालेख र बहुमूल्य ग्रन्थ संग्रहालयमा पनि राखिएको छ”– उहाँले भन्नुभयो । 

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले संस्कृत भाषालाई आधुनिक ढंगले अध्यापन गराउन लागिएको जानकारी दिनुभयो । 

“जडीबुटी, आयुर्वेद, योगलगायतका विषयबाट संस्कृतमा रहेको ज्ञानलाई आधुनिक शिक्षामा रुपान्तरण गर्ने प्रयास विश्वविद्यालयले गरेको छ, संस्कृत प्राचीन र आधुनिक, ज्ञान एवं विज्ञान दुवैलाई जोड्ने कडी बन्नुपर्छ”–उहाँले भन्नुभयो । 

गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ति नेपालले नगरअन्तर्गतका सबै विद्यालयमा अनिवार्य संस्कृत अध्ययन अध्यापनको व्यवस्था मिलाउन लागिएको जानकारी गराउनुभयो । यसका लागि नगर कार्यपालिकाअन्तर्गतको शिक्षा समितिले विशेष गृहकार्य गरेको छ । 

गुरुकुल सञ्चालक समितिका अध्यक्ष प्रा डा ऋषिराम पोखरेलले संस्कृत भाषाका नाटक प्रदर्शनलाई निरन्तरता दिइने बताउनुभयो । पूर्व सचिव कृष्ण ज्ञवाली, पत्रकार कमल रिजाललगायतले संस्कृतको संरक्षणका लागि नाटक प्रदर्शनले पनि सहयोग मिल्ने जानकारी दिनुभयो । 

गुरुकुलले यसअघि विसं २०७१ चैतमा वाल्मीकि विद्यापीठको चौरमा बाँसले तयार पारिएको विशेष रंगमञ्चमा ‘स त्वम् अहम्’ अर्थात् ‘त्यो, तिमी र म’ शीर्षकको नाटक देखाएकामा दर्शकको सहभागिता बढेपछि यसपटक रंगमञ्चमै संस्कृत नाटक देखाइएको जानकारी दिइयो । 

नाटक त्रिभुवन विश्वविद्यालय संस्कृत अध्ययन संस्थानका पूर्व डीन स्व तोयनाथ पाण्डेयले लेख्नुभएको हो । निर्देशक डा घनश्याम खतिवडाले सो नाटकको निर्देशन गर्नुभएको थियो । 

विसं २०१३ मा शुद्रकले लेख्नुभएको ‘मुद्राराक्षसम्’ शीर्षकको संस्कृत नाटक पनि प्रदर्शन गरिएको थियो । २०१६ सालमा भारतीय राष्ट्रपति राजेन्द्रप्रसाद नेपाल भ्रमणमा आउनुहुँदा ‘मुद्राराक्षसम्’ पुनः प्रदर्शन गरिनुका साथै ‘विश्वामित्र’ पनि देखाइएको प्रा डा पोखरेलले बताउनुभयो । 

“राजा हुञ्जेल नारायणहिटी राजदरबारमै गएर नाटक प्रदर्शन गरिन्थ्यो, महेन्द्रका पालामा कालीदासले लेख्नुभएको मैले पनि खेलेको संस्कृत नाटक ‘स्वप्नवासदत्ता’ प्रदर्शन गरिएको थियो”– उहाँले भन्नुभयो । 

पछिल्लो समय निजी विद्यालयमा पनि संस्कृत भाषा अध्यापन शुरु भएकाले नाटक हेर्न आउने दर्शकको संख्या बढेको हो । रु १०० देखि रु एक हजारसम्मको टिकट लिएर नाटक हेर्न निजी अंग्रेजी विद्यालयमा अध्ययनरत साना विद्याथी पनि आकर्षित भएका थिए । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण