१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाका पाँच सय भूकम्पपीडितलाई सहुलियत दरमा काठ

११ माघ २०७४, बिहीबार १०:११

माघ ११, काठमाडौँ | द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले उपत्यकाका ४८६ भूकम्पपीडितलाई सहुलियत दरमा काठ उपलब्ध गराएको छ । 

विसं २०७२ वैशाख १२ को भूकम्पबाट भत्केको घरको पुनःनिर्माण गर्न पुस मसान्तसम्म पीडित परिवारलाई सहुलियत दरमा काठ उपलब्ध गराएको हो । 

भूकम्पबाट क्षति पुगेका घरको पुनःनिर्माण गर्न चाहिने काठ सरकारले सहुलियत दरमा उपलब्ध गराउने घोषणा गरेसँगै कर्पोरेशनले २०७४ जेठ २९ देखि काठ उपलब्ध गराउँदै आएकामा काठमाडौँमा १४७, भक्तपुरमा २६६ र ललितपुरमा ७३ छ । कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले काठमाडौँमा सात हजार २५९, भक्तपुरमा १२ हजार ९९० र ललितपुरमा तीन हजार ४५४ क्यूफिट काठ उपलब्ध गराएको जानकारी दिनुभयो । 

कर्पोरेशनले एक परिवारलाई अधिकतम ५० क्यूफिटसम्म सहुलियत दरमा काठ उपलब्ध गराउँछ । सहुलियत दरको मूल्य प्रतिक्यूफिट दुई हजार ७४० पर्छ । कर्पोरेशनले सहुलियत नदिँदा रु तीन हजार ५०० मा काठ बिक्री वितरण हुँदै आएको छ । 

काठ लिन नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, भूकम्पपीडित परिचयपत्र, पुनःनिर्माणसँग भएको आवास पुनःनिर्माण सम्झौताको प्रतिलिपि, जग्गाधनीको प्रमाणपूर्जा प्रतिलिपि, भवन निर्माण इजाजत प्रतिलिपि र नक्सा पेश गर्नुपर्ने हुन्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार