२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काभ्रेपलाञ्चोकका विद्यालय पुनःनिर्माण नभएकामा चिन्ता व्यक्त

२०७४, १५ माघ सोमबार ०६:३४

माघ १५, काठमाडौँ | गोरखा भूकम्पबाट क्षतिग्रस्त बनेका काभ्रेपलाञ्चोकका अधिकांश विद्यालयको अझै पनि पुनःनिर्माण नभएकामा साउथ चाइना विद्यालयका शिक्षक तथा विद्यार्थीले चिन्ता व्यक्त गरेका छन् । 

जिल्लाका विभिन्न विद्यालयको स्थलगत अवलोकन सम्पन्न गरी राजधानीमा नेपाल सहभागीमूलक कार्य समूह (नेपान)ले आयोजना गरेको अन्तरक्रियामा उनीहरुले अझै पनि विद्यार्थीहरु जोखिममा बसेर अध्ययन गर्नु परेकामा चिन्ता व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

सो अवसरमा प्राडा दीपकराज पन्तले प्रकोपपछिको पुनःनिर्माण र व्यवस्थापनमा विद्यालयको सहभागिता विषयक प्रस्तुति दिनुभएको थियो । उहाँले समुदायमा हुने प्रकोपजन्य व्यवस्थापनमा विद्यार्थी, शिक्षक र अभिभावकलाई सहभागी गराउन जरुरी भएको बताउनुभयो । 

उहाँले इण्डोनेसियाको आचे प्रान्त, जापानको सुनामीग्रस्त क्षेत्र र स्विजरल्याण्डको प्रकोपपछिको पुनःस्थापना र व्यवस्थापन गरिएको उदाहरण प्रस्तुत गर्नुभयो । 

सो अवसरमा साउथ चाइना विद्यार्थीको प्रतिनिधिमण्डलका प्रमुख अमेरिकी अध्यापक क्रिस्टोफर पिकेटले लामो समयसम्म पुनःनिर्माणमा ढिलाइ हुँदापनि नेपालीको हँसिलोपन र सहनशीलताबाट आफूहरु प्रभावित भएको बताउनुभयो । प्रतिनिधिमण्डलमा १५ जना विद्यार्थी सहभागी छन् । 

नेपानको १२०औँ शृङ्खलाअन्तर्गत भएको सो अन्तरक्रिया कार्यक्रममा नेपानका अध्यक्ष चेतनाथ कणेंल, कार्यकारी निर्देशक फटिकबहादुर थापा र सदस्य मीनाक्षी दाहालले संस्थाले नीतिनिर्माण कार्यमा सरकारलाई गरेको सहयोग र विकासकर्मीको क्षमता अभिवृद्धिमा पुर्याएको योगदानका बारेमा प्रकाश पार्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी