Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जिउँदो शहीद’ गोपाल: जसले रिक्सा चलाएर दैनिक १५ सय कमाउँछन्

२०७४, १६ माघ मंगलवार ०९:००

झुलन रेग्मी//माघ १६, झापा । जनआन्दोलनमा घाइते गोपाल श्रेष्ठको दैनिकी अहिले फेरिएको छ । उनलाई झापाको धुलाबारी सडकखण्डमा सिटी रिक्सा कुदाइरहेको देख्न सकिन्छ ।

झापा मेचीनगर–९ खुट्टीडाँगी निवासी श्रेष्ठको सिटी सफारी किनेर आम्दानीको बाटो समात्नु बाध्यता पनि हो । घरमा रहेकी वृद्धा आमा, श्रीमती र छोरा पाल्ने दायित्व उनकै काँधमा छ, त्यसैले उनी सकिनसकी सिटी रिक्सा चलाइरहेका छन् ।


‘के गर्नु, गरी त खानै पर्यो नि’, श्रेष्ठले भने, ‘आम्दानीको बाटौ छैन, त्यही भएर रिक्सा चलाइरहेको छु ।’ उनले छ महिनाअघि सिटी रिक्सा किस्तामा किनेका हुन् । त्यसबाट कमाएको पैसाले किस्ता तिर्ने र बचेको पैसाले घर चलाउने गरेको उनी बताउँछन् ।

विसं २०६२/६३ को जनआन्दोलनमा चन्द्रगढीमा सैनिकले हानेको गोली लागेर उनी घाइते भएका थिए । राजतन्त्र फाल्न र गणतन्त्र ल्याउनका निमित्त २०७३ वैशाख ६ गते चन्द्रगढी मैदानमा उत्रिएका श्रेष्ठको देब्रे तिघ्रामा गोली लागेको थियो ।

घाइते उनलाई तत्कालै उपचारका लागि धरानको घोपा क्याम्प लगिएको थियो । लामो समयको उपचारपछि उनी घरैमा आराम गरिरहेका थिए तर आम्दानीको बाटो नहुँदा अहिले उनले सिटी रिक्साको सहारा लिएका हुन् ।

‘अहिले पनि घुँडाको घाउ दुखिरहन्छ’, श्रेष्ठले भने, ‘तैपनि सकिनसकी रिक्सा चलाइरहेको छु ।’

त्यसैबेला राजनीतिक दलहरुले उनलाई सहयोग नगरेका भने होइनन् । समिति नै बनाएर उनको उपचार गरियो । समितिले घर बनाइदियो, विवाह पनि गराइदियो ।

सरकारबाट पर्याप्त सहयाेग भएन 

मासिक रुपमा नगरपालिका र धुलाबारी खानेपानी संस्थानले रकम सहयोग गरेको थियो तर अहिले सहयोग रोकिएको श्रेष्ठ बताउँछन् । ‘अहिले कतैबाट सहयोग रकम आएको छैन’, उनले गुनासो गरे, ‘बाँच्नकै लागि भए पनि काम नगरी भएन ।’

सरकारी तबरबाट पनि उनले सहयोग खासै पाएका छैनन् । सरकारले उनको अवस्था हेरेर ४० हजार रुपैयाँ सहयोग गरेको थियो । त्यसबेला अन्य घाइतेले पाँच लाखसम्म पाएका थिए । घाइतेको अवस्था हेरेर सरकारले त्यसबेला बनाएको मापदण्डमा उनको अवस्था ‘सामान्य घाइते’ भनेर उल्लेख गरिएको थियो ।

उनलाई स्थानीयस्तरबाट पर्याप्त सहयोग मिलेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति मणिकुमार उप्रेतीले बताए । ‘गोपाललाई घाइते अवस्थामा सबैले खुलेर सहयोग गर्नुभएको छ’, उनले भने, ‘जब कि अरु घाइतेले यतिको सहयोग पाउन सकेनन् ।’

नगरपालिकाले दिने भत्ता समेत रोकियाे

श्रेष्ठ करिब १० वर्ष जति हिँडडुल गर्न सकेनन् । उनी त्यसबेला जनआन्दोलन समितिले बनाइदिएका घरमा आराम गरिरहे । दुई वर्ष यतादेखि सामान्य हिँडडुल गर्न सक्ने भएका छन् । लामो समयसम्म हिँड्दा खुट्टा दुख्ने गरेको उनी सुनाउँछन् ।

उनको खुट्टा पूर्णरुपमा निको भएको छैन । चिकित्सकले बेलाबेला जाँचका लागि आउनू भनेछन् तर नगएको धेरै समय बितिसकेको उनी बताउँछन् ।

श्रेष्ठले सिटी रिक्साबाट शुरु शुरुमा राम्रै आम्दानी भए पनि अहिले खासै नभएको बताए । अहिले दिनमा १२ सय देखि १५ सय रुपैयाँसम्म कमाउने गरेको उनी बताउँछन् ।

‘रिक्सा पनि धेरै भइसके, यात्रु पाउनै छाडिसक्यो’, उनले भने । धुलाबारीमा मात्र करिब दुई सय सिटी रिक्सा सञ्चालित छन् । मेचीनगर नगरपालिकाले दिने भनेको मासिक तीन हजार ५०० रुपैयाँ भत्ता रोकिएकामा श्रेष्ठको गुनासो छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ