१२ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतबाट तीन नेपाली चेलीको यसरी गरियो उद्धार

१७ माघ २०७४, बुधबार ०९:२०

माघ १७, चितवन । एक महिनाकै अवधिमा भारतबाट तीन चेलीको उद्धार गरिएको छ । 

बेचबिखन र हिंसा प्रभावितलाई उद्धार पुनःस्थापन तथा सीप सिकाएर आत्मनिर्भर बनाउने काममा सक्रिय रहेको केआइ नेपालको पहलमा भारतबाट एक महिनामै तीन चेलीको उद्धार भएको हो । 

उद्धार गरिएका तीनैजनालाई चितवनको भरतपुरस्थित केआइ नेपालको पुनःस्थापन गृहमा राखिएको छ । पछिल्लोपटक मंगलबाट मात्रै एकजना चेलीको उद्धार गरी चितवनमा ल्याइएको छ । यो आर्थिक वर्ष लागेपछि साउनदेखि अहिलेसम्म पाँच चेलीको उद्धार भएको केआइ नेपाल चितवनका संयोजक केमिका घिमिरेले जानकारी दिनुभयो । 

एकजनाको आफ्नै श्रीमान्ले नै भारत पु¥याएको अवस्थामा उद्धार गरिएको छ भने अर्की एक जनाको दलालमार्फत बेचिन लागेका बेला उद्धार भएको घिमिरेले बताउनुभयो । 

एकजना किशोरीलाई भारत हुँदै दुबई लगेको र दुबईमा मेडिकल परीक्षणमा दाग देखिएपछि फिर्ता गरेर भारतको होटलमा राखेको अवस्थामासम्पर्कमा आउन सफल भएपछि उनको उद्धार गरिएको बताइएको छ । 

अहिले उद्धार गरिएका तीनै जनालाई भरतपुरमा मनोविमर्श सेवासँगै सीप सिकाउन थालिएको छ । अर्का एक जनालाई आफन्तमार्फत भारत पुगेका बेला उद्धार गरिएको छ । मंगलबार मात्रै चितवन आइपुगेकी उहाँको विषयमा आवश्यक अनुसन्धान भइरहेको केआइ नेपालले जनाएको छ । 

उनीहरुलाई भारतमा रहेको दूतावास र भारतको महिला आयोगको सहयोगमा केआइ नेपालका प्रतिनिधिमार्फत उद्धार गरेर नेपाल ल्याइएको हो । 

विभिन्न समयमा उद्धार गरिएका २१ जना अहिले भरतपुरको पुनःस्थापना गृहमा राखिएको र १९ जनाले सीप सिकिरहेको लेखा सहायक पूर्णिमा श्रेष्ठ बताउनुहुन्छ । दुईजना भने पढ्दै छन् । 

गएको एक वर्षमा केआइ नेपालले हिंसा र बेचबिखन प्रभावितलाई उद्धार गरी ४७ जनालाई परिवारमा पुनर्मिलन समेत गराएको छ । जसमा ३५ जनाले सीप सिकेर व्यवसाय गर्न थालेका छन् ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले औपचारिक रुपमा भन्यो: कुलमान हटाइए, हितेन्द्र शाक्य नियुक्त सरकारले कुलमानलाई हटाएर ‘कायरताभित्रको दम्भ’देखायो: रास्वपा इन्स्पेक्टर महत मृत्यु प्रकरणमा प्रेमीसहित दुई जना थुनामा कुलमानका पक्षमा प्रदर्शन, सिंहदरबार गेटमा युवा पक्राउ कुलमानमाथि लक्षित गर्दै ओलीको प्रश्न: नियुक्तिको भोलिपल्ट चिम बोकेर आउनुभयो ? बालेनलाई युवा संघको चेतावनी, समाजलाई भड्काउने काम नगर प्रधानमन्त्रीकाे बारेमा गलत डिस्प्ले देखाएको भन्दै भरतपुर विद्युतका हाकिम माथि आक्रमण पीएम कपमा १०० विकेट पूरा गर्दै ललितले बनाए कीर्तिमान कुलमानलाई हटाएपछि नियुक्त भएका शाक्य भन्छन्- कुलमानले उधारोको समय पाउनुभयो, बल्ल न्याय पाएँ कुलमानलाई हटाएपछि काठमाडौँमा सरकारको विरोधमा दिनभर प्रदर्शन सिरहामा खोला किनारमा भेटियो बोराभित्र शव झापामा महिला मृत भेटिइन्, श्रीमान्‌को अवस्था पनि गम्भीर पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी प्रमाण देखाउँदै बालेनले भने– गलत भए मलाई जेल हाल १०० रुपैयाँ फिर्ता नदिँदा ओमप्रकाशको हत्या, आरोपी पक्राउ कोइला बोकेको ट्रक त्रिशुलीमा खस्दा चालकको मृत्यु   आजको मौसम: बिभिन्न प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना कुलमान हटाएको विरोधमा रवि लामिछानेले गरे मैन बत्तीबालेर मौन बिरोध माओवादी अध्यक्ष प्रचण्डले भने ‘यो खबर असत्य सावित होस्’ अन्तत: कुलमानलाई सरकारले हटाई छाड्यो, हितेन्द्रदेव साक्य नियुक्त