२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोटबिरुवाको पनि डिएनए परीक्षण

२०७४, २० माघ शनिबार ०९:३१

सञ्चिता घिमिरे/माघ २०, ललितपुर । मानिस र जनावरको जस्तै बोटबिरुवाको पनि डिएनए परीक्षण शुरु भएको छ । 

खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान९नास्ट० ले बोटबिरुवाको फूल, पात बोक्रालगायत भागबाट डिएनए परीक्षण थालेको हो । 

वनस्पतिमा रहेको आशिंक गुणका आधारमा परीक्षण गर्न थालिएको नाष्टमा कार्यरत वैज्ञानिक डा रामचन्द्र पौडेलले बताउनुभयो । “लोपन्मुख जातीको बोटबिरुवालाई भविष्यसम्म सुरक्षित गर्नका लागि यसले सहयोग गर्छ,” उहाँ भन्नुभयो, “अव्यवस्थित संकलन र चोरी भइरहेका बोटबिरुवालाई पहिचान गर्न सक्दा मात्रै त्यो रोक्न सकिन्छ ।” दिगो उपयोगका लागि नीति बनाउन सहयोग पुग्ने पनि वैज्ञानिक डा पौडेलले बताउनुभयो । 

विभिन्न देशहरुले आफूसँग भएका वनस्पतिको प्रजातिसहितको विवरण इन्टरनेटमा हालेका छन् । “परीक्षण गर्नुपर्ने वनस्पति प्रयोगशालामा पहिले परीक्षण गरिन्छ, त्यसमा भेटिएको गुण इन्टरनेटमा भएका वनस्पतिसँग जुधाएर हेरिन्छ, केही गुण धेरै वटासँग मिल्न सक्छ,” उहाँले भन्नुभयो, “सबै भन्दा बढी गुण जुनसँग मेल खान्छ, त्यो वनस्पति त्यही हो भनेर चिनिन्छ ।” 

बर र पिपलमा खुल्ला आँखाले देख्दा कतिपय समानता देखिन्छ । प्रयोगशालामा समेत कतिय गुण मिल्ने उहाँले बताउनुभयो । यसलाई इन्टरनेटमा राखिएको बिरुवासँग भिडाउदा मात्रै त्यसमा भएको फरक गुण पत्ता लाग्छ । वनस्पतिको स्वरुप परिवर्तन हुँदा खुल्ला आँखाले नछुटाउने भए पनि डिएन परीक्षणबाट त्यो छुटाउन सकिने डा पौडेलको भनाई छ । 

उहाँले भन्नुभयो, “बोटबिरुवाको धुलो बनाउदा नाङ्गो आँखाले के हो भन्ने छुटिन्न तर परीक्षणबाट छुटाउन सकिन्छ ।” सबै वनस्पतिमा केही गुण अंशसँग मिल्ने खालको भए पनि कतिपय गुण अरु भन्दा भिन्दै हुने डा पौडेल बताउनुहुन्छ । यही फरक गुणको पहिचान गर्न र पत्ता लगाउनका लागि परीक्षणले सहयोग गर्छ । यसले यस बिषयमा अध्ययनरत विद्यार्थी र विज्ञलाई समेत सहयोग पुगेको छ । 

“यो परीक्षणले विभिन्न किसिमका वनस्पतिका विषयमा अध्ययनरत विद्यार्थीले त्यस वनस्पतिको फरक गुण र अरुसँग मिल्ने गुणका बारेमा समेत अध्ययन गर्न पाएका छन्,” उहाँले भन्नुभयो । लोपोन्मुख जातका र नेपालमा मात्रै पाइने जातका बोटबिरुवाको समेत डिएनए परीक्षण भइरहेको डा पौडेलले बताउनुभयो । यसअघि रेकर्ड९इन्टरनेट० मा नभएका बोटबिरुवाको नयाँ कोड९संकेत० दिइने गरिएको थियो । 

उहाँले भन्नुभयो, “प्रयोगशालामा परीक्षण गरेर इन्टरनेटमा भिडाउदा तीसँग गुण नमिल्ने भनेको हाम्रोमा मात्रै पाइने बोटबिरुवा हो ।” यसरी नयाँ बिरुवाको डिएनए परीक्षण गरेर इन्टरनेटमा हाल्दा विदेशीलाई समेत त्यसबारे बुझ्न सहज हुने डा पौडेलको दाबी छ । 

डिएनए गरेर अरुसँग नमिल्ने गुण भेटिएकालाई प्रकाशन गर्दा यो हाम्रो देशमा मात्रै पाइने बिरुवा भन्ने प्रमाणित हुने नास्टका विज्ञान शाखा प्रमुख जयश्री सिजापतिले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग भएका बिरुवाको प्रकार बुझ्नसमेत अनुसन्धानले सहयोग गर्छ ।” सरकारले लोपन्मुख भनेर सूचीकृत गरेका २२ प्रकारका बोटबिरुवामा केन्द्रीत भएर काम गरिरहेको प्रमुख सिजापतिले बताउनुभयो । 

यसअघि मान्छेको र जनावरको मात्रै डिएनए परीक्षण हुने गरेको थियो । नास्टअन्तर्गतको विधि विज्ञान प्रयोगशालाले अघिल्लो वर्षबाट मात्रै जनावरको डिएनए शुरु गरेको हो । 

अदालतमा मुद्दा परेपछि अनुसन्धानका लागि जनावरको डिएनए परीक्षण हँुदै आएको छ । नास्ट आफैँले भने अध्ययन गरेर नयाँ कुरा पत्ता लगाउनका लागि जनावरको डिएनए गर्दैआएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु