२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जबरजस्ती करणीमा ८० वर्षे वृद्धको संलग्नता रहेको खुलासा

२५ माघ २०७४, बिहीबार ०९:३८

अञ्जली थापा/माघ २५, हेटौंडा । बढ्दो जबरजस्तीकरणीका घटनाले सर्वसाधारणमा असुरक्षाको महसुस हुनाका साथै यस्ता घटनाविरुद्ध अभियानमा लागेकालाई धम्कीसमेत आउन थालेको छ ।

पछिल्लो समय पीडित महिलाका साथै महिला हिंसाविरुद्ध लागेका अधिकारकर्मीलाई पनि चुनौती थपिएको मानव रक्षक सञ्जालका जिल्ला अध्यक्ष आरती पाठक बताउँछिन् ।

पाँच वर्षीया बालिकादेखि ७० वर्षीया वृद्धासम्म बलात्कृत भएका घटनाले यसविरुद्ध लागेकालाई चु्नौती थपिनुका साथै समाजमा समेत त्रास फैलिएको उनी बताउँछिन् ।

‘हामीले कसैको गल्ती खोतल्ने उद्देश्यले यो क्षेत्रमा लागेको नभई पीडितलाई न्याय दिनु हो, समाजमा भएका जबरजस्तीकरणी, महिला हिंसा तथा मावन बेचबिखनजस्ता जघन्य अपराधका घटना न्यूनीकरण गर्नु हो तर हामीलाई यस क्षेत्रमा काम गरेकै कारण धम्की आउने गरेकाले ज्यान जोखिममा राखेर हिँड्नुपर्ने अवस्था आएको छ’ पाठकले  भनिन् ।

हामीलाई यस क्षेत्रमा काम गरेकै कारण धम्की आउने गरेकाले ज्यान जोखिममा राखेर हिँड्नुपर्ने अवस्था आएको छ- मानव रक्षक सञ्जालका जिल्ला अध्यक्ष आरती पाठक यस्ता घटना दबाउनका लागि भएका पैसाको खेलले पीडित पक्ष र मुद्दालाई नै कमजोर बनाइरहेको उनी बताउँछन् ।

माइती नेपाल, मकवानपुर जिल्ला शाखाकी माया लामा भन्छिन्, ‘बलात्कारले मानिसको आत्मसम्मानमा पनि ठूलो पीडा दिने भएकाले यस्तो घटनामा पीडकले कानूनबमोजिम सजाय पाए पनि पीडितमा यो पीडाको घाउ कहिल्यै निको हुँदैन तर पीडितलाई भने मानसिक तथा सामाजिक असर पार्छ ।’

उनका अनुसार बलात्कारका घटनामा पछिल्ला वर्षमा न्यायालयको फैसलामा पीडित पक्ष सन्तुष्ट भए पनि यस्ता घटनापछि समाजले महिलालाई नै दोषी ठान्ने भएकाले उनीहरूमा मानसिक विचलन भई गाउँघरमा बस्न मन लाग्दैन ।

विद्यालयमा आफ्नै शिक्षकबाट बलात्कृत हेटौँडाकी एक छ वर्षीया बालिकाकी आमाले आफ्नी छोरीलाई अदालतले न्याय दिए पनि छोरीले भोगेको मानसिक र शारीरिक पीडाको क्षतिपूर्ति नहुने बताउँछिन् । सो घटनाले आफूलाई समाजमा बस्न समेत गाह्रो भइरहेको उनको गुनासो छ ।

घटनामा ८० वर्षसम्मकाको संलग्नता 

हेटौँडा पुनरावेदन अदालत, मकवानपुर जिल्ला अदालत र भीमफेदी कारागारबाट प्राप्त तथ्यांकअनुसार जबरजस्तीकरणीमा किशोरदेखि ८० वर्षसम्मका वृद्धको संलग्नता देखिएको छ भने पीडितमा पाँच वर्षीया बालिकादेखि माथिका आफ्नै छोरीमाथि पनि जबर्जस्ती गर्ने समेतको मुद्दा दर्ता छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०६९/०७० मा जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगसँग सम्बन्धित १६ वटा उजुरी परेकामा २०७३/०७४ मा ३३ वटा उजुरी परेका थिए । अधिकारकर्मीका अनुसार कानून परिमार्जन भएकाले, यस्ता मुद्दामा निरन्तर सुनुवाइ हुने भएकाले र मानिसमा उजुरी गर्नुपर्छ भन्ने चेतना जागेकाले उजुरीको संख्या बढेको हो ।

हेटौँडा पुनरावेदन अदालत, मकवानपुर जिल्ला अदालत र भीमफेदी कारागारबाट प्राप्त तथ्यांकअनुसार जबर्जस्ती करणीमा किशोरदेखि ८० वर्षसम्मका वृद्धको संलग्नता देखिएको छ ।

जबरजस्तीकरणी उद्योग गरेको भनी दर्ता भएका मुद्दामा धेरै अभियुक्तले सफाइ पाएका पनि छन् । प्रमाण जुटाउन नसक्दा यस्तो भएको अधिकारकर्मीरू बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्रका इञ्चार्ज दीपा कार्कीका अनुसार शुरुमा पीडितले उजुरी गरे पनि पछि कतिपय अवस्थामा प्रमाण जुटाउन नसक्दा यस्ता मुद्दा फितलो बन्छन् । सम्बन्धित मुद्दाका आरोपितले सजाय नपाएपछि पीडितका तर्फबाट पुनरावेदन गरिएका एकाधबाहेक अरु मुद्दा पुनरावेदन अदालतबाट सदर भएको पुनरावेदन अदालतको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष २०६६/०६७ देखि चालू आवको कात्तिकसम्म जबर्जस्ती करणीसम्बन्धी १४७ वटा मुद्दा पुनरावेदन परेको पुनरावेदन अदालतको तथ्यांक छ । यीमध्ये १३० वटा मुद्दा सदर भएको फैसला छ भने १३ वटा मुद्दाको फैसला उल्टिएको र चार वटा मुद्दाका फैसला आशिंक रुपमा उल्टिएका थिए ।

जबर्जस्ती करणी उद्योगका केही मुद्दाबाहेक अधिकांशमा पीडितलाई सजाय भएको छ । अदालतले कानूनबमोजिम पीडितलाई हदैसम्मको सजाय गरेका उदाहरण पनि छन् तर पनि बलात्कारका घटना भने कम भएका छैनन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य