२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मेरा श्रीमान स्पेनमा नै बिहे गरेर हराए …’

२०७४, २८ माघ आईतवार ०३:३७

विजय शर्मा दर्पण | स्वीटजरल्याण्ड । भनिन्छ, नारी-पुरुष एक अर्काका परिपूरक हुन् । अर्थात् श्रीमान श्रीमती एक रथका दुई पाङ्ग्रा । यात्राका क्रममा रथ चलाउन दुबै पाङ्ग्रा आवश्यक पर्दछ । एउटा मात्रै पाङ्ग्रा प्रयोग भयो भने यात्रा अधुरो, अपुरो रहन्छ । जहाँ प्रेममय सम्बन्ध हुन्छ, त्यहाँ श्रीमतीलाई दुख्यो भने श्रीमानले त्यो दुखाइको महसुस गर्छ । त्यस्तै, श्रीमानलाई दुख्यो भने श्रीमतीले त्यो दुखाइको महसुस गर्छिन् । तर यहाँ एक श्रीमतीले आफ्नै श्रीमान र घर परिवारबाट तड्पिएको घटना प्राप्त भएको छ । पत्नीले विश्वाश गरेर बिदेश जान सहर्ष स्विकारेका पतीले जब उनैलाई धोका दिएर पर नारीसित नारिन्छन्, आफ्नै पत्नीलाई विश्वाशघात गर्छन् तब त्यसको पीडा कति हुन्छ ? उनको जाने ठाउँ कहाँ हुन्छ ? टेक्ने हाँगो कता हुन्छ ? यहि विश्वाशघात, पीडा र बेदनाको कथा हो यो ।

गङ्गा लक्ष्मी बाराकोटी र चितवनकै हाकिम चोक बस्ने लिलाधर (राहुल) शर्मा सापकोटाले २०६६ साल माघ ९ गते लंकु हरिकिर्तन मन्दिरमा बिहे गरेका थिए । गङ्गालाई झल्झली याद छ, बिहे गरेपछि दुवै जना बेलायत जाने आस्वासन दिएका थिए सापकोटाले । तर त्यो बेला दुबै जनाकालागि जुरेन, त्यो यात्रा । बिहे गरेको ६ महिनामै एक्लै बिद्यार्थी भिषामा बेलायत हिँडे राहुल । एक बर्षपनि नबसी सापकोटा बेलायतबाट स्पेनतिर लागे । श्रीमानलाई एक्लै विदेश पठाउँदा नरोएको बाराकोटीको मन अहिले दिनप्रतिदिन भक्कानिएको छ । आठ बर्ष अगाडी श्रीमानलाई गरेको बिश्वास अहिले विश्वासघातमा परिणत भएपछि आँखाबाट बलिन्द्र आँसु झार्ने र मन कोक्याउँदै सहनुपरेको छ । पतीलाई गरिएको बिश्वास तोडिएपछि उनको कुरा गर्यो कि बराकोटी रुन थाल्छिन् । आर्थिक अवस्था सम्पन होस् वा बिपन्न, दुःखसुख दुवैले साझेदारी गर्नुपर्नेमा विदेश गएर श्रीमानले अर्को बिहे गरेको सुन्दा कुन महिलाको छाती पोल्दैन ? दुख, पिर, पीडा र आक्रोशले मन पाक्दैन ?

चितवनकी बराकोटीले बिहे गरेको ६ महिनामा नै श्रीमान राहुल शर्मा सापकोटाले विदेश जान्छु भने । उनले रोक्न सकिनन् । श्रीमान बेलायत हुँदै स्पेन गए । मध्यमस्तरको परिवरका अनेक समस्या र आशाहरु हुन्छन्। तिनलाई पुरा गर्न मानिसले सबै कोसिस गर्छ । उनले भनिन – मानिस प्रायः जसो काममा व्यस्त छन् । बिदेशमा कामको ब्यस्तताले घरपरिवारलाई समय दिन नसक्ने बाध्यता धेरै नै सिर्जना भैरहेको हो कि ? हरेक श्रीमान श्रीमतीले पनि यस्तै कुराहरु बुझ्दै आएका छन् । मैलेपनि यहि सम्झेकि थिएँ ।

त्यसो त बिहे गरेको दिन देखिनै घर परिवारमासमेत धेरै दुख झेल्दै आएकी हुन् उनले । तैपनि पतीलाई अप्ठेरो नहोस, जिन्दगी उज्ज्वल होस भनेर उनले पतीलाई बिदेश जान रोकिनन् । १२ कक्षा उतिर्ण गरेकी उनले श्रीमानसंग बेलायत जान नपाएपनि स्नातक पढ्न रहर गरेकि थिईन् । तर उनको सपना परिवारले पुरा गर्न दिएन । आमा बाबालाई कसले हेर्छ । खाना चौका कसले गर्छ ? यस्ता प्रश्न तेर्साएर पढ्नबाट बन्चित त गरियोनै, मानसिक तनाबपनि परिवारले दिनदिनै दिन थाले ।

बिदेशमा भएपनि शुरुशुरुमा हरेक दिन यि दम्पतीबिच कुरा भैराख्थ्यो । पछिल्लो समयमा पतीसित सम्पर्क हुनपनि छाड्यो । गहभरी आँसु पार्दै भनिन – 'दिनहुँ सम्पर्क भैरहन्थ्यो । हामी टाढा छौं जस्तो लाग्ने थिएन । ६ बर्षपछि उहाँको ब्यबहार एक्कासी बदलिदै गयो । फोन पनि कम गर्न थाल्नुभयो । दिनहरु बित्दै गए । पछि त राम्रोसंग बोल्न पनि छाड्नु भयो ।'

एक्कासि उनको ब्यबहार परिबर्तन भएपछि लक्ष्मीलाई शंका लाग्यो । स्पेनमा रहेका साथी भाईहरुसंग सम्पर्क गरेर पतीको हालखबर बुझ्न खोजिन । यता हुन्जेल साझा जिन्दगी बिताउने अनेक सपना सुनाउने पती स्पेन पुगेपछी किन सम्पर्क गर्नपनि गाह्रो मान्न थाले ? लक्ष्मीको मनमा अनेक कुरा खेल्न थाले । साथीहरुसित सम्पर्क गर्दा सुनाए ” उहाँले त यतै गोरेनीसित बिहे गरेर बस्नुभएको छ ।” यस्तो खबर सुन्दा संसार नै उल्टो भएजस्तो अनुभब भयो उनलाई । कुन नारीले सहन सक्लान त श्रीमानले दोस्रो बिहे गरेको खबर ?


लक्ष्मी बराकोटीले आफ्ना पतीले स्पेनमा अर्की बिहे गरेको थाहा पाएको दुई बर्ष भयो । यी दुई बर्षमा श्रीमानलाई फर्काउन हर-सम्भब प्रयास गरिन् उनले । अनेक सम्झाईन् । बिगतमा पतीले दिएका आस्वाशनहरु स्मरण गराईन् । फेरि दुख गर्नुपरेपनि आफू मिलेर अगाडि बढ्न तयार रहेको प्रतिबद्दता देखाईन् । तर उनले जति कोसिस गरेपनि उनी असफल भईन् ।

कुनै सिप नलागेपछी उनले जिल्ला अदालतमा न्यायकालागि उजुरी दिएकी छन् । रुँदै सुनाईन् – 'यहाँ रहेका महिलाकर्मीहरुसंग हार गुहार गरें । तर उनीहरुले मेरो उजुरी लिन मानेनन् । किनकि उक्त संथामा सापकोटाको पकट रहेको छ । सापकोटालाई बचाउन खोजे ।'

केहि गर्दापनि पती लिलाधर शर्मा सापकोटालाई नेपाल फर्काउन नसकेकी बाराकोटीले खिन्न हुँदै भनिन् “पहिले त म श्रीमानलाई भन्ने गर्थें, बिहे त गरिहाल्नु भयो । अब नेपालमा नै आउनुस । संगै मिलेर बसौला । तर आजकल मन मरिसक्यो ।”

छोरीको खाउँ खाउँ र लाउँ लाउँ भन्ने उमेरमा निरास भएको देख्दा उनकी आमा अमृता बाराकोटीलाई पनि नरमाइलो लागेको छ । तर कसरि सापकोटालाई नेपाल फर्काउने भन्नेमा परिवार चिन्तित छ । पतीले स्पेनमा बिहे गरेर बसेको थाह पाएपछी लक्ष्मी बाराकोटी बिगत दुई बर्ष देखि माईतिघर चितवन पर्सामा बस्दै आएकी छन् ।

आफ्ना पती त उता स्पेनमा अर्की पत्नीसित आनन्दले बसेका छन् । तर यता लक्ष्मीभने दिनदिनै आफ्नो भविष्य संझेर चिन्तित छन् । न पतीले फोन गर्छन् । न उनलाई सम्पत्तीनै दिन्छन् । न उता गरेको बिहेबारे स्पष्ठ खुलाउँछन् ।

लक्ष्मीले आफ्नो अधिकारकालागि आवाज उठाएको र जिल्ला अदालतमा उजुरी दिएकाले पनि हुन सक्छ, पछिल्लो समयमा यो घटनालाई शर्माका परिवारले पाँच लाख दिएर मिलाउन हर-प्रयास गरेका छन् । तर लक्ष्मीले मानेकी छैनन् । भन्छिन् ‘मैले हिम्मत हारेको छैन । उनलाई युरोपको जहाँ भएपनि नेपाल झिकाएरै छाड्ने मेरो प्रतिबद्दता छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा