२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रक्सी खाएर श्रीमति कुट्नेलाई महिलाहरुले लगाए सिस्नो पानी, गरे केश मुण्डप

२ फाल्गुन २०७४, बुधबार ०७:३८

प्रेम सुनार/फाल्गुन २, गुल्मी । गुल्मीको वलिथुम गाउँमा जाँड रक्सी सेवन गरी श्रीमति कुटपिट गर्ने एक पुरुषलाई स्थानिय महिला समुहले घरबाट बाँधेर गाउँ डुलाउँदै सार्वाजानिक चौपारीमा ल्याई केश मुण्डप गरेर, सिस्नोपानी लगाएर कार्वाही गरेका छन् ।  


गुल्मी दरवार गाउँपालिका वडा नम्वर १, वलिथुम निवासी ईस्वरी भण्डारीलाई यस्तो कारवाही गरिएको हो ।

उनकी श्रीमति ईन्द्रकला भण्डारीले महिला समुह गुहारे पछि गाउँका सारा महिलाहरु जुटेर घरमा सुति रहेका भण्डारीलाई उठाएर हात र कम्मरमा डोरीले बाँधेर गाउँ डुलाई स्थानिय सार्वाजानिक चौपारीमा ल्याई केश मुण्डम गरी सिस्नोपानी लगाउँदै कारवाही गर्दा पनि भण्डारीले मदिरा सेवन गर्न नछाड्ने अडान लिई रहेका थिए ।  

उनकी श्रीमति ईन्द्रकलाले भनिन रात दिन रक्सी खाँदै कुटेर ज्यान जोगाउन मुस्कील भए पछि महिला समुह गहारेकी हुँ ।  एक सन्तान रहेकी ईन्द्रकलाले आफुले निमेक मजदुरी गरेर जुहार गरेको खान पनि नदिने, रातै दिन कुट्ने भए पछि सहन नसकेको बताईन् ।  

यस्तो सार्वाजानिक स्थानमा सारा महिलाले आफ्नो श्रीमानलाई जथाभावि गर्दा तपाईको मन दुख्दैन ? भन्ने प्रश्नमा उनले भनिन दुख त लाग्छ क्यारे तर उहाँ सुध्रिनु हुन्छ कि भनेर सवैलाई गुहारेकी हुँ ।

स्थानिय महिला समुह र समाज सेवीहरुले भण्डारीलाई सुधार गर्न सकिन्थ्यो कि भनेर यस्तो कार्वाही गरिएको बताए । साविकको वलिथुम गाविस जनजाती समुदायको वाहुल्य रहेको गाउँ हो ।  

जहाँ घरेलु मदिरा पाईने भए पनि यस्तो खालको घरयासी समस्या र कारवाही  अहिले सम्म गरिएको थिएन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…