२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रक्सी खाएर श्रीमति कुट्नेलाई महिलाहरुले लगाए सिस्नो पानी, गरे केश मुण्डप

२०७४, २ फाल्गुन बुधबार ०७:३८

प्रेम सुनार/फाल्गुन २, गुल्मी । गुल्मीको वलिथुम गाउँमा जाँड रक्सी सेवन गरी श्रीमति कुटपिट गर्ने एक पुरुषलाई स्थानिय महिला समुहले घरबाट बाँधेर गाउँ डुलाउँदै सार्वाजानिक चौपारीमा ल्याई केश मुण्डप गरेर, सिस्नोपानी लगाएर कार्वाही गरेका छन् ।  


गुल्मी दरवार गाउँपालिका वडा नम्वर १, वलिथुम निवासी ईस्वरी भण्डारीलाई यस्तो कारवाही गरिएको हो ।

उनकी श्रीमति ईन्द्रकला भण्डारीले महिला समुह गुहारे पछि गाउँका सारा महिलाहरु जुटेर घरमा सुति रहेका भण्डारीलाई उठाएर हात र कम्मरमा डोरीले बाँधेर गाउँ डुलाई स्थानिय सार्वाजानिक चौपारीमा ल्याई केश मुण्डम गरी सिस्नोपानी लगाउँदै कारवाही गर्दा पनि भण्डारीले मदिरा सेवन गर्न नछाड्ने अडान लिई रहेका थिए ।  

उनकी श्रीमति ईन्द्रकलाले भनिन रात दिन रक्सी खाँदै कुटेर ज्यान जोगाउन मुस्कील भए पछि महिला समुह गहारेकी हुँ ।  एक सन्तान रहेकी ईन्द्रकलाले आफुले निमेक मजदुरी गरेर जुहार गरेको खान पनि नदिने, रातै दिन कुट्ने भए पछि सहन नसकेको बताईन् ।  

यस्तो सार्वाजानिक स्थानमा सारा महिलाले आफ्नो श्रीमानलाई जथाभावि गर्दा तपाईको मन दुख्दैन ? भन्ने प्रश्नमा उनले भनिन दुख त लाग्छ क्यारे तर उहाँ सुध्रिनु हुन्छ कि भनेर सवैलाई गुहारेकी हुँ ।

स्थानिय महिला समुह र समाज सेवीहरुले भण्डारीलाई सुधार गर्न सकिन्थ्यो कि भनेर यस्तो कार्वाही गरिएको बताए । साविकको वलिथुम गाविस जनजाती समुदायको वाहुल्य रहेको गाउँ हो ।  

जहाँ घरेलु मदिरा पाईने भए पनि यस्तो खालको घरयासी समस्या र कारवाही  अहिले सम्म गरिएको थिएन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस