२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सउदीमा १५ वर्ष देखि बेपत्ता गुल्मीका राकसकोटी घर आउँदै

३ फाल्गुन २०७४, बिहीबार ०७:१८

प्रेम सुनार/फागुन ३, गुल्मी । साउदी अरेबियामा १५ वर्ष देखि घर परिवारको सम्पर्कमा नआएका गुल्मीको पल्लीकोट गाउँका टेकबहादुर राकसकोटी फेला परेका छन् । 

हालको छत्रकेट गाउँपालिका , साविकको पल्लीकोट  गाविस–४ धाप आमडाँडाका राकसकोटीले आफू १६ वर्ष १० महिनाअघि साउदी अरेबिया आएको बताए।


हाल सम्म वेपत्ता भएका  टेकबहादुर राकसकोटी सउदीअरेविया स्थित दुतावासको सहयोगमा अव  छिट्टै घर फर्कंने भएका हुन् ।  

१७ वर्षअघि साउदी पुगेका उनी १५ वर्षसम्म परिवार तथा अन्य कसैको पनि सम्पर्कमा थिएनन्।

साउदी अरेबियास्थित नेपाली दूतावासले दुई वर्षअघि उनी साउदी अरेबिया र इराकको सिमानास्थित हाथर अल वातेन भन्ने ठाउँमा मरुभूमिमा उँट चराएर बस्ने गरेको पत्ता लगाएको थियो। त्यसपछि, निरन्तर दुई वर्षको प्रयासपछि उनलाई नेपाल पठाउने स्थितिमा पुर्‍याउन दूतावास सफल भएको साउदी अरेबियाका लागि नेपाली राजदूत डाक्टर महेन्द्रप्रसाद सिंहले बताए।

उनी साउदी अरेबिया जाँदा बिहे भएको एक वर्ष मात्रै भएको थियो। तीन महिनाको छोरा र श्रीमतीलाई छोडेर उनी पैसा कमाउन साउदी गएका थिए। साउदी जानेबित्तिकै उनलाई मरुभूमिमा उँट चराउने काममा लगाइयो। कसैलाई सम्पर्क गर्ने मौका दिइएन। 

१५ वर्षसम्म उनी कहाँ छन् कसैलाई थाहै भएन। अहिले उनका छोरा १६ वर्षको जवान भइसकेका छन्। श्रीमती उनी आउने बाटो कुरिरहेकी छिन्। ‘पहिला–पहिला चिठी लेखेर पठाउँथेँ, तर परिवारले पाए नपाएको थाहा छैन।

 दूतावासले भेटेपछि भने टेलिफोनमा परिवारसँग कुरा भयो,’ उनी भन्छन् । उनि सम्पर्कमा आई घर आउने खवर भए पछि घर परिवार र आफन्तजनमा खुशीयाली छाएको छ । प्रतिक्षाको फल मिठो हुन्छ भन्ने बुढापाकाको भनाई सत्य सावित भएको छ ।

कतिपय महिला दुई तिन वर्ष श्रीमान विदेशमा सम्पर्क विहिन हुँदा विचलित भएर अर्को विवाह गर्ने गरेको पाईएको अवस्थामा यस घटनाले  धै¥य गर्नु पर्ने सन्देश दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…