2026-09-19 08:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनप्रतिनिधिलाई स्थानीयले कार्यालयभित्रै थुने, यस्तो छ कारण

चिसाङ शेर्पा | फागुन ३, खोटाङ | रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडाध्यक्ष विरेन्द्र ढकाललाई  स्थानीयले वडा कार्यालयभित्रै ताला लगाएर थुनेका छन् । नगरपालिकाको १४ नम्बर बुईपाको पञ्चदोवाटो छेउदेखि वडा कार्यालय हुंदै माला जाने ३० लाख लागतको सडक निर्माण कार्यका लागि वडा कार्यालयले प्रकृया पूरा नगरी कार्य अघि बढाएको भन्दै स्थानीयले वडा कार्यालयभित्रै वडाध्यक्ष ढकाललाई ताला लगाई थुनेका हुन् ।  

वडा कार्यालयलले उपभोक्ता समिति नियम अनुसार नबनाएको र आफ्ना मान्छेलाई उपभोक्ता समितिमा राखेर एकलौटी उपभोक्ता बनाएको भन्दै ताला लगाएको स्थानीयले बताएका छन् । 

रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उपभोक्ता समिति निर्माण गर्दा वडाध्यक्षले एकलौटी गरेको भन्दै आफुलाई पनि निवेदन आएको र छानविन गर्न नपाउँदै स्थानीयले ताला लगाईदिएको बताउनुभयो । वडा कार्यालयले सार्वजनिक सूचना प्रकाशन गरेर कार्यलाई अगाडी बढाएको हो, यसमा केही मानिसहरुको बुझाईमा कमी भएको हो रिजालको भनाई छ । 

स्थानीयले उपभोक्ता समिति गठनमा चित्त नबुझेको भन्दै गुनासोको निवेदन दिन चाहेको तर, वडा कार्यालयले निवेदन लामो समयदेखि लिन नमानेका कारण उनिहरुले ताला लगाएको प्राराम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउँनुभयो । 

यद्यपी, वडाअध्यक्ष ढकाललाई प्रशासनको निर्देशनमा थुनिएको केहि समयपछि निकालिएको जनाईएको छ । ताला लगाउँने स्थानीयलाई छलफलका लागि झिकाईएको प्रजिअ अधिकारीको भनाई छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई