२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकारहरुको कलम शक्तिशाली हुन्छ, दुरुपयोग नगरौं: महानिर्देशक राई

३ फाल्गुन २०७४, बिहीबार १४:१०

प्रेम सुनार/फागुन ३, गुल्मी । सुचना तथा सञ्चार मन्त्रालय, सुचना विभागका महानिर्देशक बिरबहादुर राईले पत्रकारहरुको कलम शक्तिशाली हुने गरेकोले त्यसको दुरुपयोग भने कसैले गर्न नहुने सुझाव दिएका छन् । 

सुचना विभागको आयोजना र युएसएडको सह आयोजनामा नेपाल पत्रकार महासंघ गुल्मी शाखाको संयोजनमा आज देखि सदरमुकाम तम्घासमा सुरु भएको ५ दिने आधारभुत पत्रकारिता तालिममासहभागिहरुलाई सम्वोधन गर्दै महानिर्देशक राईले यस्तो सुझाव दिएका हुन् । 


प्रेस काउन्सिल नेपालका सदस्य सचिव समेत रहेका राईले भने–‘पत्रकार र सञ्चार माध्यम विरुद्ध थुप्रै उजुरी आउने गरेका छन् , त्यसमा पत्रकारहरु क्षमा मागेर उम्कीन खोज्छन । 

तर क्षमा मागेर हुँदैन किन कि कसैलाई त्यो समाचारले ठुलो पिडा दिई सकेको हुन्छ ।

उनले अहिलेको जमना सामाजिक सञ्जालको भएको तर कतिपय सामाजिक सञ्जालमा आउने समाचार सत्य तथ्यमा आधारित नहुने गरेको प्रति सवै पत्रकारहरुलाई सजग गराएका छन् । 

समाजका लागि पत्रकारहरुको भुमिका अहंम रहेकोले जिम्मेवार ढंगबाट कलम चलाउनु पर्नेमा जोड दिए । 

पहिलाको जस्तो अवको पत्रकारिता नहुने, संघिय संरचना अनुसार चल्नु पर्ने धारणा राख्दै महानिर्देशक राईले जिम्मेवार र दक्ष पत्रकार उत्पादनका लागि सुचना विभागले विभिन्न जिल्लामा पत्रकारिता तालिम सञ्चालन गर्र्दै आएको जानकारी दिए 

करिव ३५ जना सहभागि तालिमा युवा भन्दा युवतीहरु दोव्वर भन्दा बढि सहभागि रहेका छन् ।

तालिम उद्घाटन सत्रमा रेसुङ्गा नगरपालिकाका मेयर ढिल्लीराज भुसाल, जिल्ला हुलाक कार्यालयका प्रमुख हरिप्रसाद गैरे । सुचना विभागकी अधिकृत सरस्वती महार्जन, युएसएड नेपालका महासचिव रुपक कार्की लगायतको विशेष आतिथ्यता रहेको थियो । 

नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा सह–सचिव घनश्याम खरेलको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…